बिहिबार, १५ चैत २०८०   |   March 28 Thu, 2024

रकम लिन बोलाएर झापामा व्यापारीको विभत्स हत्या

  पटक पढिएको

२०७५, २७ भाद्र बुधबार १६:२६ मा प्रकाशित

झापा : दमकका एकजना व्यावसायीको जिल्लाकै गौरीगञ्जमा विभत्स हत्या भएको छ। झापाकै कमल गाँउपालिका-६ घर भइ दमक नगरपालिका-६ मा व्यावसाय गर्दै आएका खेमराज पौडेलको गौरीगन्जमा हत्या भएको हो ।

पसलको रकम उठाउन गौरीगञ्जमा बोलाएर अपहरणपछि उनको हत्ता गरिएको उनका भतिज तथा पत्रकार युवराज विवशले जानकारी दिए ।

पौडेलको शव विभत्स अवस्थामा गौरीगञ्जस्थित नेपाल-भारत सीमाक्षेत्रमा भेटिएको हो । इलाका प्रहरी कार्यालय गौरीगञ्जका अनुसार पौडेलको शव गौरीगन्जको सीमाक्षेत्र देवीगन्जस्थित एकान्तमा भेटिएको हो ।

पौडेलले दमकमा कपडा पसल चलाउँदै आएका थिए । पौडेल सोमबारबाटै हराइरहेका थिए । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार पौडेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।

व्यवसायी पौडेलको विभत्स अवस्थाम शव भेटिएको दमक उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विमल खतिवडाले पनि जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू