बिहिबार, १३ बैशाख २०८१   |   April 25 Thu, 2024

बिरगंज का उदयमान अभिनेता युवापुस्ता मा आफ्नो क्रेज बढाउदै

  पटक पढिएको

२०७५, १६ फाल्गुन बिहीबार १३:३४ मा प्रकाशित

बिरगंज १६

बि.स २०५२/५/२७ बीरगंजको मुरली मा बुवा प्रमोद केशरी र आमा सीमा केशरी को जेठो सन्तान को रूपमा यो धर्ति मा पहिलो पाइला टेकेका थिए अभिनेता युबराज केशरी ३ दाजु भाइ मंध्ये जेठो हुन उनको माध्यमिक तह को अध्यन एन्जेल इन्टरनेशनल सेकेंडरी स्कूल बाट आफ्नो अध्यन पुरा गरेका थिए भने उच्च शिक्षा बिरगंज पब्लिक क्याम्पस बाट पुरा गरे|

 

युराज बाल्यकाल देखि नै अभिनय को क्षेत्र मा बढी रुची राख्ने खालको को स्वभाव थियो तेही क्रममा उनि स्कूल अथवा क्याम्पस स्तरीय विभिन्न कार्यक्रम मा सहभागी जनाउंदै विभिन्न तक्मा हरु समेत जितेका हुन

 

युवराज केशरी  सन् २०१४ मा मिस्टर वीरगञ्जको विजेता भएपछि उनको मोडेलिङ्ग यात्राको औपचारिक सुरुवात भयो । त्यसपछि २०१८ सम्म आइसक्दा नेपाली मोडेलिङ्ग उधोगमा युवराज, स्थापित भइसकेका छन् । २०१४ पछि वर्षै पिछे उनले मोडेलिङ्ग उधोगमा नयाँ कामहरुको थालनी गरे । चाहे म्युजिक भिडियोमा अभिनय होस् अथवा सबल ईभेन्ट म्यानेजमेन्ट ।

 

२०१४ मा उनी मिस्टर वीरगञ्जको विजेता भए, २०१५ मा म्युजिक भिडियोमा डेब्यु गरे, २०१६ मा लस्करै भिडियोहरुमा अभिनयसँगै उनले ईभेन्ट म्यानेजरको रुपमा डेब्यु पनि गरे, २०१७ मा सर्ट मुभी म्युजिक भिडियो र चलचित्रमा डेब्यु र २०१८ मा उनी अभिनित चलचित्र रिलिज हुँदैछ । समग्रमा हेर्दा २०१४ मा युवराजको जिवनमा अभिनयले पहिलो चोटी प्रवेश गर्ने मौका पायो र आफ्नो कला र प्रतिभा लाइ बिरगंज पस्किने मौका पाय|

साथै २०१९ मा पनि उनि विभिन्न म्युजिक विडियो लगायत फिल्म मा काम गरि सकेका छन्- उनि मलाई उनि मन पर्यो संजु अमत्या को स्वर मा म्युजिक विडियो खेलीसकेका छन् भने फुल फिचर फिल्म -यो माया कस्तो माया मा पनि काम गरि सकेका रहेछन|

 

 

भने अब को आगामी योजना अनुसार बिरगंज बाट पहिलो  इन्टरनेशनल फिल्म फेस्टिवल मा सहभागी हुने मंध्ये उनि पर्दछन् अब केहि  दिनमा उनको न्या भिडियो पन्ना नम्बर २ यो एउटा सामाजिक अभियान महिला हिँसा तथा कुरीति हरुको बिरोद मा रहेको भिडियो  रहेको छ.त्यस्तै म जुन तिमि तारा म्युजिक भिडियो मा पनि काम गरि सकेका रहेछन|

 

 

कलाकार युबराज केशरी र newstatedaily.com संग गरेका केहि तितो र मिठो कुराकानी ………….

१) खास मा तपाई को कलाकारिता क्षेत्र मा रुची कसरि आयो  ?
बाल्यकाल देखि नै मलाई यो क्षेत्र मा काम गर्ने र ठुलो पर्दा मा आउने मेरो रहर थियो जुन कि मैले मोडेलिंग बाट आफ्नो यात्रा तय गरे खास मा धेरै युवा हरु लाइ डाक्टर इन्जीनियर बन्ने रहर हुन्छ तर मैले यो फिल्ड रोजे

२)तपाइलाई यो क्षेत्र मा काम गर्न मा कतिको समस्या भयो  ?

समस्या त भयो तर सबै समस्या बाधा अवरोह हरु लाइ छिचोल्दै अगाडी बढ्ने प्रयत्न गरेका छु घर परिवार को पनि सहयोग लिएर अगाडी बढिरहेको छु|

३) तपाइलाई मन पर्ने ठाउँ कुन हो ?

मलाई असाध्य मन पर्ने ठाउ म जन्मेको मेरो जन्म तहको र पोखरा काठमान्डू पनि हो
४ नेपाली- निखिल उप्रेती, आर्यन सिग्देल
हिन्दी- अक्षय कुमार , बरुन धावन

४) मनपर्ने नायिका / नायिका को हुन् ?
नेपाली – निखिल उप्रेती,आर्यन सिग्देल  सभ्यता गिरी
हिन्दी – अक्षय कुमार , बरुन धावन-आलिया भट्ट

५) मनपर्ने खाना के हो ?
दाल भात नेपाली खाना

६) तपाइको विचारमा प्रेम के हो ?

प्रेम भन्नाले दुई मुटुको मिलन हो । विश्वास र सम्झौता पनि ।

७) तपाईं को केटि साथी हरु फल्लोवर्स कति छन्  ?
मलाई माया गर्ने केटा केटि सबै साथी हरु धेरै हुनु हुन्छ सामाजिक संजाल मा जोडिएको छु मेरो फल्लोव्र्स पनि धेर्रै छन् ।

 

८) आफुले कसैलाई प्रेमका लागि प्रस्ताव गरियो कि ?
प्रेम प्रस्ताव त गरिएको थियो । तर, त्यो बेला अस्विकार भयो ।

९) अब प्रेम प्रस्ताव गरे के होला ?
पहिला आफ्नो करियर बनाउने हो त्यस पछी माया को कुरा गर्ने हो ।

१०) तपाइको जीवन साथि  कस्तो होस् भन्ने सोच्नु भाको छ  ?
मलाई बुझने , म माथी बिस्वास गर्ने र मरो साथ दिने ।

११) तपाईं छुट्टी कसरी मनाउनु हुन्छ ?
परिवार संग, साथी भाइ हरु सङ रमाईलो गरेर ।

१२) साथी हरु सँग कति को उटपटाङग काम गरिएको छ ?
बाल्यकाल मा स्कूल क्याम्पस पढ्ने क्रम कति गर्यो कति गर्यो  ।

 

१) आगामी  के कस्तो योजाना छ ?
म मेरो काम लाइ निरन्तरता दिन चाहन्छु साथै नेपाली चलचित्र उधोग को ठुलो पर्दा मा काम गर्ने योजना रहेको छ  ।

१२) तपाईं को बाट प्रभावित हुनु भएको छ ? 
निश्चल बस्नेतबाट असाध्यै प्रभावित छु ।

१३) तपाईं को बिचारमा बिरगंजमा मोड्लिङ्गलाई कसरी अगाडि बढाउने ?
सर्वप्रथम त वीरगञ्जमा हुने सौन्दर्य प्रतियोगिताहरु पारदर्शी भइदिनु पर्यो । र, त्यसपछि अभिभावकको मनमस्तिष्कबाट मोडेलिङ्ग प्रतिको अज्ञानता हटाउनुपर्यो ।

१४) कुन कुन म्युजिक भिडियाेमा काम गर्नभयो ?
१) मायालु तिमि
२) जिन्दगीमा
३) तिमी लाई देखेर
४) तिम्रो खुसीमा
५) म जुन तिमी तारा
६) मलाई उनी मनपर्यो

७) सिउँदो

यस बाहेक सर्ट मुभि साईलेन्ट लभसँगै टिभिसीमा पनि काम गरेको छु । र, विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफ पनि गरेको छु ।

१५) यो माया कस्तो माया कस्तो फिल्म हो ?
पुर्णरुपमा मायालाई विषयवस्तु बनाएको पारिवारिक सिनेमा हो यो माया कस्तो माया ।

१६) यो माया कस्तो माया लगतै अर्को कुनै फिल्म छ ?
छ । नाम भन्न मिल्दैन ।

१७) पहिलोपटक नेपाली फिल्ममा काम गर्दाको अनुभव कस्तो रहयो ?
हुन त गाह्रो थियो । तर, आफ्नो रुचीको विषय भएको कारणले सजिलो हुँदै गयो । धेरै कुराहरु सिक्न पाएको छु ।

१८ )  यो माया कस्तो माया  दर्शकले मन पराउछन त ?
फिल्म राम्रो बनेको छ । अवश्य सफल हुन्छ ।

१९) वीरगञ्ज बारे केही ?
वीरगञ्जका युवाहरुमा पनि अभिनय र मोडेलिङ्गको रहर छ । तर, सही ठाउँ नपाएर अड्किएका छन् ।
मैले यहाँसम्म पुग्न धेरै सङ्गघर्ष गरेको छु । अझै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुग्नुपर्छ भन्ने अठोट गरेको छु ।

……….

तपाईंको प्रतिकृयाहरू