शुक्रबार, ०७ बैशाख २०८१   |   April 19 Fri, 2024

मेरो जीवन को सुरुवात पन्ना नम्बर २ बाट प्रारम्भ हुन्छ, नायक युबराज

  पटक पढिएको

२०७५, ३० फाल्गुन बिहीबार १४:१५ मा प्रकाशित

बिरगंज ३०

अन्तराष्ट्रिय चलचित्र महोत्सवका लागि घोषणा गरिएको लघु चलचित्र (सर्ट मुभि) पन्ना नं २ को निर्माण सम्पन्न भएको छ । करिब एक साता सम्म चलेको चलचित्रको सुटिङ्ग गत शनिबार सम्पन्न भएको.जनाइएको छ । युवराज केशरीको कथा, निर्देशन रहेको चलचित्रमा युवराजसँगै उत्तम राज पाण्डेय र नायिका सभ्यता गिरी फिचरिङ्ग छिन् ।

एन्जिला क्षेत्रीको स्क्रिनप्ले रहेको चलचित्रको सह निर्देशकमा आकाश गुप्ता रहेका छन् भने रशिकले क्यामेरा र सम्पादन सम्हालेका छन् ।लघु चलचित्र पन्ना नं २ वीरगञ्ज लगायत आसपासका क्षेत्रमा छायांकन गरिएको छ । चलचित्र ३० मिनेटको मात्र भएपनि सन्देशमुलक भएको निर्माण पक्षको भनाई छ । कलाकार युबराज केशरी  चलचित्र जगत मा  एउटा आफैमा सफल युवा उधमी को रूपमा स्थापित हुँदै आइरहेको देखिन्छ।

 

कार्यक्रम नेपाल टक्स्मा कुराकानी गर्दै चलचित्रका निर्देशक युवराज केशरीले चलचित्रको विषयवस्तु बारे अहिले केही पनि बोल्न नमिल्ने बताए । चलचित्र सन्देशमुलक रहेको र ३० मिनेटसम्म दर्शकलाई आफुसँग बाँधेर राख्न सक्षम भएको निर्देशक युवराजको भनाई छ । छायांकन सम्पन्न भएको र सम्पादनको क्रममा रहेकोले रिलिज गर्न केही समय लाग्ने बताइएको छ । आफुले गरेको अहिले सम्मकै उतकृष्ट कार्य भएको उनको भनाई छ ।

Advertisement

यसैबिच पन्ना नं २ का लागि वीरगञ्ज आएकी नायिका सभ्यता गिरीले पन्ना नं २ उत्कृष्ट बनेको बताएकी छिन् । पन्ना नं २, अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुनेमा आफु विश्वस्त रहेको उनको भनाई छ । नेपाली कथानक चलचित्र यो माया कस्तो माया बाट नेपाली चलचित्र उधोगमा डेब्यु गरेकी नायिका सभ्यताका अनुसार पन्ना नं २ को कथावस्तु समयसापेक्ष छ । यसले युवापुस्ता का  दर्शकहरुलाई लाई विशेष प्रभावित पार्ने उनको भनाई छ । नायिका सभ्यता गिरि नेपाली उधोगमा डेब्यु गर्नभन्दा अगाडी विभिन्न भारतिय सिरियलहरुमा काम गरिसकेकी छिन् ।

लघु चलचित्र पन्ना नं २ मा समेटिएका कलाकार र प्राविधिक निकै दक्ष भएको निर्माण पक्षको भनाई छ ।

चलचित्रका प्रमुख पात्र मध्ये एक उत्तम राज पाण्डेय एक रंगकर्मी एवम् रनवे मोडेल हुन् । उनले विभिन्न नाटकमा अभिनय गरेका छन् भने उनी सफल मोडेलीङ्ग कोरियोग्राफर पनि हुन् ।

चलचित्रकी प्रमुख सह निर्देशकको जिम्मवारी बहन गरेकी एन्जिला क्षेत्री एक चर्चित मिडियकर्मी हुन् । उनी हिमालय टेलिभिजनको प्रस्तोताको रुपमा काम गरिसकेकी छिन् । त्यसैगरि उनले हालै मात्र सुटिङ्ग सम्पन्न भएको नेपाली कथानक चलचित्र यो माया कस्तो मायामा पनि सह निर्देशक, स्क्रिनप्ले र संवाद लेखकको भुमिका निर्वाह गरेकी थिईन् ।

 

त्यस्तै चलचित्रका सह निर्देशक आकाश गुप्ता मोडेलिङ्ग क्षेत्रका उदयमान तारा हुन् । फेस अफ तराई २०१८ का विजेता आकाशले विभिन्न मोडेलिङ्ग कार्यक्रमहरु कोरियोग्राफ एवम् आयोजना गरिसेकका छन् ।

 

चलचित्रको छायांकन र सम्पादनको जिम्मेवारी सम्हालेका रोशिक विगत ५ वर्षदेखि यस क्षेत्रमा छन् । उनले दर्जन बढी टिभिसी, म्युजिक भिडियो लगायतको छायांकन र सम्पादन गरिसकेका छन् ।

लघु चलचित्र पन्ना नं २ चाँडै सार्वजनिक हुँदै छ ।

तपाईंको प्रतिकृयाहरू