शनिबार, ०८ बैशाख २०८१   |   April 20 Sat, 2024

यु–१९ विश्वकप छनोटः मलेसियामाथि नेपालको विशाल जीत

  पटक पढिएको

२०७६, २ बैशाख सोमबार ११:५७ मा प्रकाशित

काठमाडौँ, बैशाख २। यू–१९ विश्वकप छनौट अन्तर्गत नेपाल मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिंग रोजेको मलेसियाले ३३.४ ओभरमा अल आउट हुँदै ९२ रन बनायो । ९३ रनको लक्ष्य लिएर क्रिजमा उत्रेको नेपालले १३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

 

नेपालका ओपनर पवन सर्राफ ब्यक्तिगत १९ रन बनाए । आसिफ शेख र रित गौतमले उत्कृष्ट ४६ रनको साझेदारी गरे भने रितले ३९ रन बनाए भने आसिफ शेखले २६ रनको योगदान गरे । नेपाली युवाहरुको उत्कृष्ट प्रदर्शनले टिमलाई सहज जित दिलाएको हो ।

 

यसअघि मलेसियाको पूरा टिम ३३।५ ओभरमा ९२ रनमा समेटिएको थियो । लेजाट डेनियल फिक्रीले सर्वाधिक ३७ रन बनाए भने मुहमद आमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए । मलेसियाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

नेपालका कुशल मल्ल र पवन सराफले ३–३ विकेट लिएका थिए । त्यस्तै कमलसिंह ऐरीले २ विकेट लिए भने सागर ढकालले एक विकेट लिएका थिए ।

setokhabr.com

तपाईंको प्रतिकृयाहरू