मङ्गलबार, ११ बैशाख २०८१   |   April 23 Tue, 2024

ग्लोबल बैंक बिरगंज शाखा द्वारा कोरोना बाट बच्न एकदम व्यवस्थित

  पटक पढिएको

२०७६, १० चैत्र सोमबार २१:४२ मा प्रकाशित

बिरगंज  चैत्र  १०

विश्व अहिले कोरोना को चपेटामा परेको छ हरेक देशले यस बाट बच्न को लागि विभिन्न उपाय हरुपनि  निकाली रहेको छ |तर अहिले सम्म कसैले यसको औषधि बनाउन सफल भएको छैन |करिब २ महिना को अन्तराल मा दुनिया भरि मा लगभग १५ हजार मानिस को मृयु भैसकेको छ भने लाखो मनिस संक्रिमित छन् |

बिभिन्न संग संस्था हरुले सार्बजनिक स्थलमा मास्क बितरण गरेको पाइयो | सबै भन्दा फरक र व्यवस्थित भने हामीले ग्लोबल बैंक बिरगंज शाखा मा देख्न पाइयो दैनिक ५०० देखि ८०० सम्म को आफ्नो सेवाग्राही हरुको स्वास्थ्य लाइ मधेनजर गर्दै मास्क, सेनिटाइजर ,ग्लोब्स आदिको व्यवस्था रहेको हामीले देखेका छौ |

बैंकमा प्रवेश गर्ने बितिक्कै त्यहाका गार्डदाइ ले सब भन्दा पहिला हाथमा सेनीटाईजर् लगाइदिने गरेको देखियो अझ रोचक त ढोका, काउन्टर,भित्ता भर्यांगको रेलिंग मा समेत न छुन समेत प्रतिबन्द लगाइएको छ | साथै हरेको सेवा ग्राही को लागि छुटै लाइनको व्यवस्था पनि गररेको छ  एउटा सेवा ग्राही कम्तिमा ३ फिट को दुरीमा बस्ने व्यवस्था गरिएको छ | साथै ATM मेसिन मा समेत एकजना गार्डले पैसा निकाल्नु भन्दा पहिला हात सेनिटाइजर गरेर मात्र भित्र प्रवेश गर्न दिएको जानकारी बिरगंज शाखा को ब्रान्च मेनेजर सन्तोष साह ले बताउनु भयो |

तपाईंको प्रतिकृयाहरू