शुक्रबार, ०७ बैशाख २०८१   |   April 19 Fri, 2024

इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन र स्वदेश फर्कन इच्छुकको विवरण संकलन सुरु

  पटक पढिएको

२०८०, २२ आश्विन सोमबार ०९:२७ मा प्रकाशित

२२ असोज, काठमाडौं ।

सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गरेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत-जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु भएको हो ।

परराष्ट्र मन्त्रालयले गएराति जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको छ ।’

गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो । उनीहरु इजरायल सरकारको सहयोगमा ‘लर्न एण्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रममा गएका सुदूरपश्चिम विश्वविद्यालयका विद्यालयहरु हुन् । धेरै नेपालीहरु अहिले पनि बंकरभित्र बसेर उद्धारको प्रतिक्षामा छन् ।

हमासले गरेको आक्रमणमा परी नेपालीहरु पनि हताहती भएको जानकारी पाउनासाथ आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्र मन्त्री एनपी साउदसहितका मन्त्री र सचिवहरुको बैठक बसालेका थिए । साथै उनले नेपालीहरुको उद्धारको प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए ।

सोही बैठकले परराष्ट्र मन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्रको गठन गरेको थियो । संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको मन्त्री साउदले जानकारी दिए । त्यसका लागि परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ । द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूणर्रुपमा प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन पनि अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृयाहरू