शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

आज देखि वीरगञ्जमा दोस्रो फुटवेयर एक्स्पो २०८०

  पटक पढिएको

२०८०, २ फाल्गुन बुधबार ०९:१७ मा प्रकाशित

वीरगञ्ज , फागुन २ गते ।
वीरगञ्जमा आजदेखि दोस्रो वीरगञ्ज फुटवेयर एक्स्पो २०८० सुरु भएको छ । फागुन २ गते बुधबारदेखि एक महिनासम्मका लागि वीरगञ्जमा वीरगञ्ज फुटवेयर एक्स्पो २०८० सुरु भएको हो ।
फुटवेयर एक्स्पोका बारेमा जानकारी दिन हिजो मंगलबार नेपाल पत्रकार महासंघमा पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना समेत गरिएको थियो । आजदेखि वीरगञ्ज-९ लालबंगला परिसरमा एक्स्पोको आयोजना हुने एक्स्पोका संयोजक सुरज बन्जाडेले जानकारी दिनु भएको थियो ।
पर्साको वीरगञ्जसहित बारा तथा छिमेकी देश भारतको रक्सौल बजाररसम्मका उपभोक्ताहरु आकर्षित गर्ने नेपाली उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले फुटवेयर एक्स्पो आयोजना गर्न लागिएको पत्रकारसम्मेलनमा बन्जाडेले बताएका थिए ।
एक महिना चल्ने उक्त फुटवेयर एक्स्पोमा नेपालका बिभिन्न १३ उद्योगका ३० भन्दा धेरै ब्राण्ड तथा त्यसका ३ हजारभन्दा धेरै डिजायनका जुत्ताचप्पल रहने जनाईएको छ । बिहे तथा मौसम अनुसार महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकहरुले १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटमा विभिन्न ब्राण्डका जुत्ताचप्पल किन्न सक्ने आयोजकले दाबी गरेको छ । मेलामा हाइ लाइफ, शु ल्याण्ड, बेली, बोस शुज, आइडल, भेनस, सिल्स, वन वल्र्ड, शिखर शु, पि जि शुस, बाम्बो शुज, हिमाल र हिमानी ब्राण्डका जुत्ताचप्पलहरु राखिनेछ ।
फुटवेयर एक्स्पोमा ३५ देखि ४० हजार जुत्ताचप्पल बिक्री गरी तीन करोड रुपैँयासम्मको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।

तपाईंको प्रतिकृयाहरू