बिहिबार, १३ बैशाख २०८१   |   April 25 Thu, 2024

राससको स्थापना दिवस वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  पटक पढिएको

२०८०, ४ फाल्गुन शुक्रबार २०:२० मा प्रकाशित

वीरगञ्ज , फागुन ४ गते । राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ स्थापना दिवसको अवसरमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रासस वीरगञ्जले ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
रासस वीरगञ्जका प्रमुख राजु विश्वकर्माको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले मूलधारका मिडियाले मधेससँग अहिले पनि विभेद गरिरहेको गुनासो गरे ।
प्रतिनिधी सभा सदस्य समेत रहेका यादवले भने, ‘मूलधारका मिडियामा अहिले पनि काठमाडौंमुखी समाचारले मात्र प्राथमिकता पाइरहेका हुन्छन् । मोफसलका मुद्धाले स्थान पाउन सकिरहेका छैनन् ।’
संसदमा मधेसबाट प्रतिनिधीत्व गर्ने सांसदहरुले मधेसका एकसे एक मुद्धा उठाएपनि मूलधारका अधिकांश मिडियाले प्राथमिकताका साथ स्थान नदिने गरेको उनको गुनासो छ ।
पूर्व वनमन्त्री समेत रहेका यादवले मिडिया सत्य र तथ्यमा आधारित भएर अगाडि बढनुपर्नेमा जोड दिए । उनले अहिलेपनि केहि मिडियाहरु व्यपारिक घरानाको कब्जामा रहेको र तीनले ती व्यपारिक घरानका काला कर्तूतहरुलाई ढाकछोप गर्न वकालत गरिरहेको टिप्पणी गरे ।
विगतामा मिडियाले गरेका केहि कामको प्रशंसा गर्दै यादवले भने,‘ मिडियाकै कारण हाम्रै देशमा ठूल्ठूला तानाशाहको अन्त्य पनि भएको छ । यदि मिडिया सत्यको वकालतमा लागि रह्यो भने देशमा कोहि पनि तानाशाह जन्मनै सक्दैन ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेस प्रदेशका महासचिव श्याम बन्जारा, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, समाजवादी प्रेस ससंगठनका केन्द्रिय महासचिव रामकुमार एलन, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारी , प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गौतम लगायतको सहभागीता थियो ।

तपाईंको प्रतिकृयाहरू