आइतबार, ०९ बैशाख २०८१   |   April 21 Sun, 2024

ट्याक्टरले च्यापिएर बाराका महतोको मृत्यु

  पटक पढिएको

२०८०, ५ फाल्गुन शनिबार २०:२० मा प्रकाशित

सर्लाही ,फागुन ५ गते । सर्लाहीको बरहथवामा ट्याक्टरले च्यापिएर एकजनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नंं ९ मूर्तिया जङ्गलस्थित सोल्टीमोडमा शनिबार ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको पचरौता नगरपालिका –५ बस्ने ५० वर्षका भुवन महतो रहेका छन् । बरहथवाबाट आलु लोड गरेर पूर्व–पश्चिम अन्तर्गत नयाँरोडतर्फ जाँदै गरेको ना २ त ७५२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो ।
सडकमा हिँडेका यात्रीले ट्याक्टर पल्टिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मूर्तियाबाट खटिएको प्रहरी टोलीले चालक महतोलाई उद्धार गरेको हो ।
उनलाई ह्याप्पी अस्पताल बरहथवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै छ ।
घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू