शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

वीरगञ्जमा जारी निषेधाज्ञा (कफ्र्यू ) राती १० बजेसम्मका लागि हट्यो

  पटक पढिएको

२०८०, ९ फाल्गुन बुधबार १२:१० मा प्रकाशित

दिपक गौतम
वीरगञ्ज, फागुन ९ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यू) बुधबार राती १० बजेसम्मको लागि हटाईएको छ ।
सोमबार साँझ ५ बजे देखि जारी निषेधाज्ञा (कफ्र्यू) आदेश सर्वसाधारणको सुबिधालाई मध्यनगर गर्दै मंगलबार ४ घण्टा खोलेर पुनः लगाईएको थियो भने बुधबार बिहान ६ बजेदेखि ११ बजेसम्म खुकुलो पारिएको र बिहान ११ बजेदेखि राती १० बजेसम्मका लागि हटाईएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा हस्ताक्षरित सुचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( क) बमोजिम फागुन ७ गते साँझ ५ बजेदेखि अर्को आदेश नभईञ्जेलका लागि जारी निषेधाज्ञा (कफ्र्यू) बुधबार बिहान ११ बजेदेखि राती १० बजेसम्मका लागि स्थगित गरिएको जनाईएको छ ।
गएको विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुशको क्रममा सोमबार विवाद र झडपको स्थिती उत्पन्न भएपछि स्थानीय प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल , उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजे देखि अनिश्चितकालिन निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू