शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

अल्पाइन क्रिकेट कपमा ग्लोबल बिजनेश बिशाल रन अन्तरले बिजयी

  पटक पढिएको

२०८०, ११ फाल्गुन शुक्रबार १७:५३ मा प्रकाशित

११ फागुन,वीरगञ्ज । पर्सामा जारी अल्पाइन क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज बिशाल रन अन्तरले बिजयी भएको छ ।
ग्लोबलले ममता विद्या मन्दिरलाई दुइसय ३३ रनको बिशाल अन्तरले पराजित गरेको हो । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको ग्लोबलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै दुईसय ५२ रनको योग तयार गर्‍यो ।
जवाफी ब्याटिङ गरेको ममता विद्या ९.४ ओभर पूरै विकेट गुमाएर १९ रनमै अलआउट भएको हो ।
खेलमा निरज यादव म्यान अफ दि म्याच घोषित भएका छन् ।

तपाईंको प्रतिकृयाहरू