शुक्रबार, १६ चैत २०८०   |   March 29 Fri, 2024

सशस्त्र प्रहरीको एफओबीमा आगलगी, हातहतियार तथा गोलीगट्ठा समेत जले

  पटक पढिएको

२०८०, १२ फाल्गुन शनिबार १८:०९ मा प्रकाशित
फाईल तस्वीर

वीरगञ्ज, फागुन १२ गते ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिकामा सशस्त्र प्रहरी फरवाड आउट पोस्ट (एफओबी) मा शनिबार दिउँसो ३ बजे आगलगी भएको छ ।
बारा जिल्लाको विश्रामपुर गाउँपालिकाको बलिरामपुरमा रहेको सशस्त्र प्रहरीको एफओबीमा बिद्युत सर्ट भएर आगलगी भएको बलिरामपुर सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार दिउँसो ३ बजेबाट सुरु भएको आगलगीबाट एफओबीमा रहेको सबै हातहतियार, गोली गठ्ठासहित सबै कागजात तथा खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको छ ।
आगलगी नियन्त्रणमा आइसकेको र कुनै मानवीय क्षती भने नभएको सशस्त्र प्रहरी एफओबी बलिरामपुरले जनाएको छ ।
आगलासगबाट भएको क्षतिबारे यकिन विवरण आई नसकेको बलिरामपसर सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू