बिहिबार, १३ बैशाख २०८१   |   April 25 Thu, 2024

वीरगञ्जमा पहिलोपटक जगन्नाथ रथयात्रा निकालियो

  पटक पढिएको

२०८०, १२ फाल्गुन शनिबार १९:१० मा प्रकाशित
वीरगञ्जमा महानगरपालिकामा शनिवार पहिलो पटक कडा सुरक्षाबिच निकालिएको जगन्नाथ रथयात्राको घण्टाघर नजिकैका तस्वीरहरु ।

दिपक गौतम
वीरगञ्ज, फागुन १२ गते ।
वीरगञ्जमा महानगरपालिकामा आज शनिवार पहिलो पटक कडा सुरक्षाबिच जगन्नाथ रथयात्रा निकालिएको छ ।
वीरगञ्ज महानगरपालिका नै पहिलो पटक निकालिएको जगन्नाथ रथयात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएकाले कडा सुरक्षाबिच रथयात्रा निकालिएको हो ।
वीरगञ्जको घण्टाघरबाट निकालिएको रथयात्रा मुख्य सडकको माईस्थान, महाविर स्थान, अलखियामठ, होटल पुजन , कैलाश होटल हुदै आदर्शनगर पूरानो बसपार्कमा पुगेर समापन भएको थियो ।
केहीदिन अघि वीरगञ्जमा भएको तनावका कारण अन्य घटना नहोस् भनी पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो भने बिहान १०ः३० बजे शुरु हुने भनिएको रथयात्रा दिउँसो १ बजेबाट शुरु भएको हो ।
इस्कोन वीरगञ्जको आयोजनामा सम्पन्न उक्त जगन्नाथ रथयात्रामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सहित स्थानीय उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थानीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुले सहभागिता रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू