शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

नेपाल सरकार ले गर्यो पब्जी खेलमाथि प्रतिबन्ध

  पटक पढिएको

२०७५, २८ चैत्र बिहीबार १८:२९ मा प्रकाशित

बिरगंज चैत्र २८ ।

युवा हरु कों लागी पब्जी खेल भनेको लत  जस्तै  भइ सकेको छ ।

नेपाल लगयत विश्व भरि यसको प्रयोग कर्ता हरु दिन प्रतिदिन बढ्दै गएको देखिन्छ।  भारत मा मात्रै हाल सालै ३ ओटा युवा हरु को ज्यान जानुको साथै कयौ युवा हरु मानसिक तनाब मा छन् । भारत को बिभिन्न राज्य मा बन्द भएपछी नेपालमा पनि बन्द गर्ने आवाज उठे लगतै  बिहीबार देखि नेपाल मा पनि पब्जी खेल माथि बन्द गरिएको  हो ।

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको पुष्टि गरे । पब्जीका कारण विभिन्न खालका मानसिक  समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको जानकारी दिए ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

तपाईंको प्रतिकृयाहरू