बिहिबार, २० बैशाख २०८१   |   May 2 Thu, 2024

प्रोवायोटेकले फिर्ता लियो श्रमिक निस्कासनको निणर्य

  पटक पढिएको

२०८०, २६ चैत्र सोमबार १८:५८ मा प्रकाशित
अखिल नेपाल ट्रेड यूनियन महासंघ उद्योगका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सीनाले श्रमिकलाई उद्योगको मुलगेट अगाडी सम्बोधन गर्दै । तस्वीर दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम
वीरगञ्ज, चैत २६ गते ।
श्रमिकहरुको आन्दोलनपछि वीरगञ्ज २१ लिपनीविर्तामा रहेको प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडले फागुन महिनामा बिभिन्न कारण देखाई गरिएको श्रमिक हटाउने निणर्य फिर्ता लिएको छ ।
बिभिन्न कारण देखाई फागुन महिनामा ११ जना कर्मचारी निस्कासित गरेको वीरगञ्ज २१ लिपनीविर्तामा रहेको प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडले सोमबार श्रमिक हटाउने निणर्य फिर्ता लिई हटाईएका श्रमिकलाई पुन बहाली गर्ने भएको हो ।
श्रमिकहरुको तर्फबाट संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर , अखिल नेपाल ट्रेड यूनियन महासंघ मधेश प्रदेश ईन्चार्ज माधव पाण्डे र उद्योगीकोतर्फबाट प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले दुई बुँदे सहमतीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडले श्रम ऐन२०७४ को दफा १३१(४) को (च) बमोजिम खराब आचरण गरेको भनी ६ जना श्रमिकलाई सेवाबाट हटाएको थियो भने अन्य कारण देखाएका ५ जना थप श्रमिकलाई उद्योग प्रवेशमा रोक लगाएको थियो । निस्कासित गरिएका ११ श्रमिकहरुको पुबहालीको माग गर्दै अखिल नेपाल ट्रेड यूनियन महासंघ निकट श्रमिकहरु आन्दोलनमा उत्रिएका थिए ।
प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले गोरखापत्रसंग भन्नुभयो चार जनालाई सेवाबाट हटाएका थियौं उहाँहरुलाई पुन बहाली गछौं ५ जनालाई प्रवेश निषेध भनिएको छ त्यस्तो होईन कामगर्न आएमा उद्योग प्रशासनले कुनै बाधा अवरोध गर्दैन २ जना उपर मादकपदार्थ सेवन गरी उद्योगमा आएको पाईएकाले अदालतमा मुद्दा गएको छ त्यसको फैसला अदालतलेनै गर्नेछ । हामीले आफ्नो फागुन १० गतेको निणर्य फिर्ता लियौं ।
नेपाल ट्रेड यूनियन महासंघ मात्र रहेको उक्त प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडमा अखिल नेपाल ट्रेड यूनियन महासंघ गठन भएपछि बिभिन्न समस्या आएको श्रमिकहरु बताउछन् । ७९ जना श्रमिक कर्मचारीहरु मध्ये ६४ जना अखिल नेपाल ट्रेड यूनियन महासंघतर्फ लागेपछि उद्योग प्रशासनसंग मिलेर अघिको ट्रेड यूनियनका साथीहरुले दुःख दिईरहेको अखिल नेपाल ट्रेड यूनियन महासंघ प्रोवायोटेक इण्डष्ट्रिज ईकाई अध्यक्ष पन्नालाल राउतले आरोप लगाउनु भयो ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ मधेश प्रदेश अध्यक्ष केदार देव , सह ईन्चार्ज अर्जुन चिमौरिया , केन्द्रिय सदस्य लालबहादुर पटेल , गजाधर पटेल र अखिल नेपाल ट्रेड यूनियन महासंघ उद्योगका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सीना लगायतका श्रमिक नेताहरुले श्रमिक संगठनका नेतृत्व र उद्योग बिच भएको सहमती पढेर सुनाई आन्दोलनका कार्यक्रम फिर्ता लिएको घोषणा गर्नु भएको थियो ।
उद्योगका श्रमिकहरु रामेश्वर हजरा तथा दानी साहलाई बिना बढुवा दुःख दिने नियतले ईटहरी र पन्नालाल पटेल तथा दिपेन्द्र पटेललाई पर्साकै विरुवागुठीमा सरुवा गरेको श्रमिकहरु बताउछन ।
फागुन १३ गते आन्दोलनमा रही काममा नगएकाले नन्दु साह , किशोरी हजरा , श्याम यादव , प्रमोद यादव र सन्तोष पटेललाई उद्योग प्रशासनले प्रवेश निषेध गरेको श्रमिक पन्नालाल राउतले बताउनु भयो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ उद्योगका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सीनाले श्रमिकलाई बिना लिखित सुचना प्रवेश निषेध गर्न नपाईने बताउनु हुदै श्रमिकलाई बोनस लगायतका अन्य सेवा सुबिधा समेत उद्योगले दिनुपर्ने बताउनु भयो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ मधेश प्रदेश अध्यक्ष केदार देवले उद्योगले कर्मचारी पुन बहाली गर्ने सहमती गरेकाले आन्दोलन रोकिएको बताउनु हुर्दै श्रमिकहरु ह्क अधिकारको लागि आफूहरु लडि रहने बताउनु भयो ।

तपाईंको प्रतिकृयाहरू