बिहिबार, २० बैशाख २०८१   |   May 2 Thu, 2024

नेशनल मेडिकल कलेजका एमडी र ल्याब टेक्निसियन पक्राऊ

  पटक पढिएको

२०८०, २६ चैत्र सोमबार १९:०४ मा प्रकाशित
वीरगञ्जमा सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल ।

वीरगञ्ज, चैत २६ गते ।
वीरगञ्जमा सञ्चालनमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा रहेको प्रयोगशालामा अनुगमनका क्रममा म्याद नाघेका केमिकलहरु फेला परेपछि कलेजका एमडी तथा एक जना ल्याब टेक्निसियनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका र जिल्ला प्रहरी कार्यालयको सयुक्त अनुगमन टोलिले अनुगमनका क्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको ब्लक ए मा रहेको प्रयोगशाला ( ल्याब ) मा सन २०२१ र २०२२ सम्मको म्याद रहेको केमिकल (औषधी) फेला परेपछि कलेज तथा शिक्षण अस्पतालका एमडी सहनाज हुसैन अंसारी र ल्याब टेक्निसियन सञ्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अस्पतालको प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलको नेतृत्वमा अनुगमन टोली अनुगमनका लागि शिक्षण अस्पताल पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता एंव सुचना अधिकारी प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेका अनुसार दिउँसो २ बजेर ४० मिनट जादाँ प्रहरी सहितको अनुगमन टोलि अस्पतालमा पुगेर अस्पतालको ल्याबमा खानतलासी गर्दा म्याद नाघेका ल्याब परीक्षणमा प्रयोग हुने औषधी तथा केमिकल(रसायन) हरु बरामद भएको तर मुचुल्काको काम भईरहेकाले एकिन विवरण समाचार तयार पर्दासम्म आएको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता एंव सुचना अधिकारी प्रहरी नायव उपरीक्षक न्यौपानेले अस्पतालका एमडी अस्पतालमा हुदाँ हुदै म्याद नाघेका औषधी कसरी ल्याबमा रहे ? किन म्याद सकिएपछि हटाईएन ? र ल्याब टेक्नेशियन हुदाँ हुदै कसरी म्याद नाघेका केमिकल ल्याबमा भेटिए ? भन्ने विषमा अनुसन्धान गर्न कलेज तथा शिक्षण अस्पतालका एमडी सहनाज हुसैन अंसारी र ल्याब टेक्निसियन सञ्जय साहलाई जिल्ला प्रहरी कार्यालयमा ल्याईसकिएको बताउनु भयो ।
अस्पतालमा बिरामीहरु उपचाररत रहेकाले ल्याबलाई सिलबन्दी नगरी ल्याबमा भेटिएका म्याद नाघेका औषधी तथा केमिकलहरुको मुचुल्का उठाउने कार्यभई रहेको र मुचुल्का उठाईसकेर ती सामग्रीहरु जिल्ला प्रहरी कार्यालय ल्याउने कार्य गरिने उहाँले जानकारी दिनुभयो ।
बरामद भएका सबै म्याद नाघेका औषधी तथा केमकिलबारे अनुसन्धानका लागि बाँकी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवक्ता एंव सुचना अधिकारी प्रहरी नायव उपरीक्षक न्यौपानेले जनाउनुभयो ।

तपाईंको प्रतिकृयाहरू