शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

निजीक्षेत्रको सुझाव नमान्दा देशमा आर्थिक संकट — अध्यक्ष ढकाल

  पटक पढिएको

२०८०, २८ फाल्गुन सोमबार २१:५३ मा प्रकाशित

दिपकप्रसाद गौतम
वीरगञ्ज, फागुन २८ गते ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजीक्षेत्रको सुझाव सरकारले नमान्दा देशमा आर्थिक संकटको स्थिती सृजना भएको दाबी गर्नुभएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभालाई सोमबार प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले निजीक्षेत्रले दिएको सुझाव निजीक्षेत्रको लागि मात्रै हो भन्ने सरकारको बुझाई गलत रहेको बताउनु हुदै निजीक्षेत्रको सुझाव सरकारले नमान्दा देशमा आर्थिक संकटको स्थिती सृजना भएको दाबी गर्नुभएका हो ।
उहाँले अहिले आएर सरकारले त्यसलाई महसुस गरेको गरेकाले विस्तारै आर्थिक अवस्थामा सुधार आईरहेको धारणा समेत राख्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा अधिकृत पूँजी दश अर्ब रुपैया भएको लगानी कम्पनी स्थापना हुने अनि त्यही कम्पनीले विभिन्न परियोजनामा लगानी बताउदै अध्यक्ष ढकालले उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने बताउनुभयो ।
बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा राख्दै उहाँले राजनीतिक दलहरुको आर्थिक बिषयमा एउटै एजेण्डा हुन नसक्दा समन्यव र सुधार हुन नसकेको जनाउदै नेपाल उद्योग वाणिज्य महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेका दाबी गर्नुभयो ।
कार्यक्रममा उहाँले असोजमा आयोजना गरिएको वृहद आर्थिक बहसलगतै प्रधानमन्त्रीद्वारा सर्वपक्षीय भेला आवहन गरेपछि वित्तिय क्षेत्रमा केही सुधार आएको समेत बताउनु भयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले स्थानीय निकायले लगाएको औधोगिक कर पूणर्रुपमा खारेजी हुनुपर्ने धारणा राख्नुभयो । सरकारको भन्सार दरलाई समयसापेक्ष चलायमान बनाउन नसक्दा अवैद्य कारोबार फस्टाएको आरोप समेत लगाउनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा चालू आर्थिक बर्षमा भारतर्फ सबैभन्दा बढी निर्यात गर्ने डाबर नेपाल प्रालि, जगदम्बा स्टील लिमिटेड र हुलास स्टील इण्डष्ट्रिज लिमिटेड त्यस्तैगरी तेश्रो मुलुकमा सबैभन्दा बढी निर्यात गर्ने त्रिवेणी स्पिनिङ मिल्स प्रालि, नारायणी लेदर म्यानुफ्याक्चरिङ इण्डष्ट्रिज र जगदम्बा स्टील इण्डष्ट्रिजलाई सम्मान समेत गरिएको थियो ।
आयोजित साधारणसभा कार्यक्रमको सञ्चालन संघका महासचिव आशिष लाठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले गर्नुभएको थियो ।
फोटो पनि छ ।
क्याप्सन
वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभाको मञ्चमा रहनु भएका सहभागीहरु ।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारणसभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

तपाईंको प्रतिकृयाहरू