शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

प्याब्सन पर्साद्वारा गणित विषय शिक्षकहरुलाई एक दिने प्रशिक्षण

  पटक पढिएको

२०८०, २७ फाल्गुन आईतवार ०९:४८ मा प्रकाशित

वीरगञ्ज फाल्गुन २७ गते । प्याब्सन पर्सा तथा वीरगञ्ज कमिटीले शनिबार गणित बिषय शिक्षकहरुलाई सहभागी गराई एक दिने प्रशिक्षण सम्पन्न गरेको छ ।
वेदान्ता पब्लिकेशनको सहयोगमा प्याब्सन पर्सा तथा वीरगञ्ज महानगर कमिटिले वीरगञ्जको पुजन होटलमा गणित बिषय शिक्षकहरु सहभागी गराई एक दिने प्रशिक्षण सम्पन्न गरेको हो ।

पर्सा जिल्लामा प्याब्सन आबद्ध बिभिन्न विद्यालयका गणित शिक्षकहरु सहभागी हुनु भएको सो प्रशिक्षण कार्यक्रममा वेदान्ता पब्लिकेशनका स्रोत व्यक्ति लेखक एवं गणित विषयका विशेषज्ञ हुकुमप्रसाद दाहालले प्रशिक्षण दिनु भएको थिया ।
प्याब्सन पसाका अध्यक्ष पुरन प्रद्यानका अनुसार पर्साका बिभिन्न १९ स्कुलका ४५ जना शिक्षक शिक्षिकाहरु प्रशिक्षण कार्यक्रममा सहभागी भई गणित बिषयका समस्याहरु एवं तिनका समाधानका उपायहरु सिक्नुका साथै नयाँ नयाँ प्रविधिको प्रयोग गरि अध्यापन गराउने , वृतचित्रको सहायताले शिक्षणसिकाई गर्ने तथा गरेर सिक्ने अवधारणको विकास कसरी गर्ने विषयमा गणित विषयका विशेषज्ञ दाहालले प्रशिक्षण दिनु भएको थियो ।

प्याबसन पर्साका अध्यक्ष पुरन प्रद्यान र वीरगन्ज अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,कञ्चनजंघा स्कुलका निर्देशक मार्टिन मोक्तान ,सञ्चारकर्मीहरु दिपक गौतम ,जगत राई, मुनिस लायो मगर , लालबाबु सिंह लगायत प्याब्सन पर्सा एवं वीरगञ्ज कमिटीका पदाधिकारी सदस्यहरुको साथै प्याब्सन आबद्ध स्कुलका सञ्चालक एवं प्रिन्सिपलहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्याब्सन वीरगन्ज माहानगर अध्यक्ष आलोक चौरसियाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव सन्नी पाख्रीनले सहजीकरण गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू