शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

बाराको ३ नम्बर पुलबाट बस खस्यो, १७ यात्रु घाइते

  पटक पढिएको

२०८०, २२ फाल्गुन मंगलवार १८:०७ मा प्रकाशित

वीरगञ्ज फागुन २२ गते ।
बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन।
ना ६ ख ९०३० नम्बरको बस ३ नम्बर पुलबाट खोलामा खसेर दुर्घटना हुँदा १७ यात्रु घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा ल्याइएको भण्डारीले बताए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेमध्ये १२ महिला, ३ पुरुष र २ जना बालबालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । समाचार तयारपर्दासम्म घाइतेहरुको नाम नखुलेको र घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।

तपाईंको प्रतिकृयाहरू