बिहिबार, २७ बैशाख २०८१   |   May 9 Thu, 2024

मजदुर दिवसको अवसरमा आयोजित रक्तदानमा ६१ प्रिन्ट रगत संकलन

  पटक पढिएको

२०८१, १५ बैशाख शनिबार १७:०७ मा प्रकाशित

वीरगञ्ज, बैशाख १५ गते ।
मजदुर दिवसको अवसरमा शनिबार वीरगञ्जको घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ प्रिन्ट रगत संकलन गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले १३५ औं मजदुर दिवसको अवसरमा शनिबार वीरगञ्जको घण्टाघरमा आयोजना गरेको रक्तदान कार्यक्रममा दुईजना महिला सहित ६१ जनाले रक्तदान गर्नु भएको हो ।
नेकपा माओवादी केन्द्र बाराका इञ्चार्ज क्षेत्रबहादुर श्रेष्ठ “अनिल”, अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेशका सहईन्चार्ज अर्जुन चिमोरिया, रुपनारायण सिंह, गजाधर पटेल, रविना कुमारी साह, पुष्पा फुयाँल, गुलसन साह, अशोक राउत कुर्मी, अमन कणर्, मजित मियाँ, डाक्टर जम्सेद आलम, मुकेश सहनी, पवन कुमार वणर्वाल लगायत ६१ जना रक्तदान गर्नु भएको थियो ।
अखिल नेपाल ट्रेड यूनियन महासंघ मधेश प्रदेश अध्यक्ष केदार देवले रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत अभाव रहेको समाचार पढेकाले १३५ औं मजदुर दिवसको अवसरमा वीरगञ्जको घण्टाघरमा रक्तदान कार्यक्रम राखिएके बताउनु भयो ।
रक्तदान कार्यक्रममा अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रिय सदस्य लालबहादुर पटेल , गजाधर पटेल र अखिल नेपाल ट्रेड यूनियन महासंघ उद्योगका केन्द्रीय अध्यक्ष बेनी तिमिल्सीनाको सहभागिता रहेको थियो भने रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाह, अजय साह, नितेश यादव लगायतले प्राविधिक सहयोग गर्नु भएको रक्त सञ्चार केन्द्र वीरगञ्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू