शुक्रबार, २८ बैशाख २०८१   |   May 10 Fri, 2024

कांग्रेस वर्तमान गठबन्धन सरकार ढाल्ने पक्षमा रहेको छैन ः— एनपी साउद

  पटक पढिएको

२०८१, १५ बैशाख शनिबार १७:१२ मा प्रकाशित

वीरगञ्ज, बैशाख १५ गते ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद एनपी साउदले कांग्रेस पार्टी अहिलेको सरकार ढाल्ने पक्षमा नरहेको बताउनु भएको छ ।
नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन पर्साले शनिबार वीरगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्नुहुदै पूर्वपरराष्ट्रमन्त्री सांसद साउदले अहिलेको गठबन्धनको सरकार ढाल्ने पक्षमा नेपाली कांग्रेस नरहेको बताउनु भएको हो ।
नेपाली कांग्रेसले चाह्यो भने सूर्योदयको बेला संकल्प गरे सूर्यास्तसम्म सरकार ढल्ने दाबी गर्नु हुर्दै सांसद साउदलेसरकार आफ्नै अन्तरविरोधले ढलोस् भन्ने कांग्रेसको चाहना रहेको स्पष्ट पार्नुभयो ।
सत्तारुढ दलहरूबीचको अविश्वास र एक अर्कालाई प्रयोग गर्ने षडयन्त्रले बढ्ने अन्तर बिरोधले सरकार आफै ढल्ने दाबी गर्दै उहाँले कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चामा कुनै सत्यता नरहेको समेत बताउनु भयो ।
नेपालको राजनीतिमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस निणर्ायक शक्ति तथा देश र जनताको कार्यभार बोकेको पार्टी भएकाउ बताउनु हुदै उहाँले कांग्रेसलाई किनारा लगाउन नहुने धारणा व्यक्त गर्नुभयो ।
अहिलेको सरकारका गृहमन्त्रीमाथि लागेको आरोपलाई सरकारी तहबाट नभई संसदीय प्रकृयाबाट छानविन हुनुपर्ने कांग्रेसको अडान रहेको उहाँले पत्रकार भेटघाटमा बताउनुभयो ।
सहकारी ठगीको विषयमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने माग गरिरहेको स्मरण गर्दै गृहमन्त्री लामिछाने आफू उपर भइरहेको छानबिनको मागबाट डराइरहेको आरोप लगाउनु भयो ।
छानबिन गर्ने बितिक्कै कोही व्यक्ति दोषी नहुने जनाउदै उहाँले गृहमन्त्री लामिछाने उपर संसदीय फाँटबाट छानबिन गरिनुपर्ने र त्यो ज्यादा पारदर्शी हुने तर्क राख्नु भयो ।
देशबाहिर लुकेर बसेको जीबी राईलाई तत्कालै ल्याउँछु पातालमुनि लुकेको भए पनि, जसरी पनि ल्याउँछु भनेर गृहमन्त्रीले दाबी गर्नुभएको भएपनि यथार्थमा कुनै पनि मानिस गिरफ्तार गर्न नसकेको सांसद साउदले बताउनु भयो ।
सुन तस्करी प्रकरण छानबिन समितिको प्रतिवेदन प्रधानमन्त्री र गृहमन्त्रीले बुझेपनि कार्यान्वयन हुन नसक्दा जनतामा यो प्रकरणमा सत्तारुढ दलका नेता वा अन्य प्रभावशाली व्यक्तिहरूको नाम छ कि भन्ने आशंका बढेको उहाँले दाबी गर्नुभयो ।
अन्तराष्ट्रिय शक्तिराष्ट्रहरुलाई विश्वास दिलाउन नसक्दा मुलुकको शान्ति प्रकृया टुंगोमा पुग्न नसकेको दाबी उहाँले गर्नुभयो । पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसिया, कांग्रेस पर्साका सभापति तथा प्रदेश सांसद जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेश सांसद श्याम पटेल , वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इमतियाज आलम , कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू