शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

११ किलो १ सय ग्राम अवैद्य लागुऔषध गाँजा सहित दुईजना पक्राऊ

  पटक पढिएको

२०८०, २९ फाल्गुन मंगलवार १७:३८ मा प्रकाशित

वीरगञ्ज, फागुन २९ गते ।
पर्सा प्रहरीले छुट्टा—छुट्टै स्थानबाट ११ किलो १ सय ग्राम अवैद्य लागु औषध गाँजा सहित दुई जनालाई पक्राऊ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ घण्टाघर स्थित तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट ३ के.जी.५०० ग्राम ,वीरगञ्ज १६ स्थित अरविन्द कुमार गुप्ताको कवाड गोदामबाट ५ के.जी.८०० ग्राम र वीरगञ्ज २५ चण्डालचोकबाट १ के.जी.८०० ग्राम गरी ११ किलो १ सय ग्राम अवैद्य लागु औषध गाँजा सहित दुई जनालाई पर्सा प्रहरीले पक्राऊ गरेको हो ।
पक्राऊ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलवारी टोलका ४५ वर्षिय ईसलाम मियाँ र पर्सा जिल्ला कै सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ८ जमुनियाका ५५ वर्षिय ध्रुब ठाकुर रहेका छन् भने वीरगञ्ज १६ स्थित कवाड गोदामका भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम बस्तीपुर सिमरा रामगढवा का ३० वर्षिय अरविन्द कुमार गुप्ता फरार रहेको प्रहरीले जनाएको छ ।
ना.१३ प ६५९५ नम्बरको मोटरसाईकल चढी वीरगञ्जतर्फ आउँदै गरेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलवारी टोलका मियाँले बोकेको झोलामा लुकाईछिपाई राखिएको अवस्थामा सेतो टेपले बेरिएको १ के.जी.८०० ग्राम अवैद्य लागु औषध गाँजा भेटिएपछि मोटरसाईकल सहित मियाँ पक्राऊ परेका हुन् ।
पक्राऊ परेका मियाँ विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्साका प्रवक्ता एंव सुचनाअधिकारी प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलील घण्टाघर स्थित तरकारी बजार नजिकै रहेको टेम्पु स्टेशनबाट पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ८ जमुनियाका ठाकुरले आफ्नो साथमा लिएको झोलाभित्र लुकाइ छिपाई राखेको ३ के.जी.५०० ग्राम अवैद्य लागुऔषध गाँजा फेला परेपछि ठाकुरविरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गर्ने कार्य भैरहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय विर्ता र ईलाका प्रहरी कार्यालय.नगवाबाट खटेको संयुक्त प्रहरी टोलीले कबाड गोदाममा खानतलाशी गर्दा तीन पोकामा रहेको ५ के.जी.८०० ग्राम लागु औषध गाँजा फेला परेको तर कबाड गोदाम संचालक भारतीय नागरिक अरविन्द कुमार गुप्ता फरार रहेकाले उनको खोजि कार्य भईरहेको उहाँले जानकारी दिनु भयो । साभार गोरखापत्र अनलाईनबाट

तपाईंको प्रतिकृयाहरू