शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडने बेहुलासहित पाँच जनामाथि मुद्दा

  पटक पढिएको

२०८०, २९ फाल्गुन मंगलवार २०:२० मा प्रकाशित
विवाह सम्बन्धी कसूर मुद्दा चलाईएमा बेहुला उमेश साह गोढ , बेहुलाका बुबा बच्चालाल साह गोढ , बेहुलाका दाई राकेश कुमार साह र मुकेश कुमार साह र बेहुलाका भिनाजु रामएकवाल साह जिल्ला प्रहरी कार्यालयमा ।

दिपकप्रसाद गौतम
वीरगञ्ज, फागुन २९ गते ।
पर्सा प्रहरीले दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह भाँडेर विवाह नगरी फर्किन थालेका बेहुला सहित पाँच जनालाई नियन्त्रणमा लिई मंगलबार विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको छ ।
बारा जिल्ला कलैया उ.म.न.पा.वडा नम्बर ४ का २८ वर्षिय उमेश साह गोढले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नम्बर स्थित रामगढवामा सोमबार राती विवाह समारोहमा दाइजोमा सुनको सिक्री नपाएको कारण देखाउर्दै विवाह भाँडेर विवाह नगरी फर्किन लागेको बेला प्रहरीले नियन्त्रणमा लिएको र पर्सा जिल्ला अदालतबाट दुई म्याद थप गराई थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव सुचना अधिकारी प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
पर्सा प्रहरीका अनुसार बेहुला २८ वर्षिय उमेश साह गोढ , बेहुलाका बुबा ६० वर्षिय बच्चालाल साह गोढ, बेहुलाका दाई ४२ वर्षिय राकेश कुमार साह र ४० वर्षिय मुकेश कुमार साह र बेहुलाका भिनाजु बारा जिल्ला परवानीपुर गाँऊपालिका वडा नम्बर ५ का ४५ वर्षिय रामएकवाल साह उपर कारवाही अगाडि बढाईएको हो ।
प्रहरीले गएराती २ बजे पाँचै जनालाई विवाह समारोह स्थलबाटै नियन्त्रणमा लिएको थियो ।

तपाईंको प्रतिकृयाहरू