बिहिबार, २० बैशाख २०८१   |   May 2 Thu, 2024

लागुऔषधको ठूलो परिमाणसहित दुई जना पक्राऊ

  पटक पढिएको

२०८०, २६ चैत्र सोमबार १९:०९ मा प्रकाशित
लागु औषधको ठूलो परिमाण सहि त पक्राउ परेका वीरगञ्ज महानगरपालकिा वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र सोही ठाउँका २० वर्षीय राजन यादवलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिर्दै

दिपकप्रसाद गौतम
वीरगञ्ज, चैत २६ गते ।
पर्साबाट प्रहरीले लागु औषधको ठूलो परिमाण सहित दुई जनालाई पक्राऊ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ अमरचोकबाट लागुऔषधको ठूलो परिमाण सहित दुईजनालाई पक्राउ गरेको हो ।
पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेका अनुसार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषधको ठूलो परिमाण सहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालकिा वडा नम्बर २० का २१ वर्षीय विष्णु पटेल र सोही ठाउँका २० वर्षीय राजन यादव रहेका छन् ।
भारतबाट वीरगञ्जतर्फ आउदै गरेका सवारीसाधनहरूमा प्रतिबन्धित लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा मधेश प्र.०३-००१ च ७०९८ नम्बरको पिकअपलाई रोकेर जाँच गर्दा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरिएको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीले लागुऔषध नुरफिम १२०० पिस, फेनारगन १२०० पिस, डाइजेपाम १२०० पिस, ओनेरेक्स १०० एमएलको ५० बोत्तल, टेपनटाडल १०० एमजीको ३९ पत्तामा ३९० पिस ट्याब्लेट बरामद गरेको जनाएको छ ।
लागु औषध सहित पक्राऊ परेकाहरु दुबै जना उपर लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेले बताउनु भयो ।

तपाईंको प्रतिकृयाहरू