शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

शिक्षाविद् डा.भट्टराई र डा. नेपालद्वारा नेपाली विषयक शिक्षकहरुलाई प्रशिक्षण

  पटक पढिएको

२०८०, १८ फाल्गुन शुक्रबार १८:४७ मा प्रकाशित

शिक्षाविद् डा.भट्टराई र डा. नेपालद्वारा शिक्षकहरुलाई प्रशिक्षण
१८ फागुन,वीरगञ्ज । नेपाली विषयका विविध आयामका बारेमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. गणेशप्रसाद भट्टराई र शिक्षाविद् तथा पूर्व प्राज्ञ सदस्य प्राध्यापक डा. देवी नेपालले नेपाली विषय शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको छ ।
श्ुक्रबार वीरगञ्जको ज्ञानदा एकेडेमीमा आयोजित कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. गणेशप्रसाद भट्टराई र शिक्षाविद् तथा पूर्व प्राज्ञ सदस्य प्राध्यापक डा. देवी नेपालले नेपाली विषयक प्रशिक्षण दिनु भएको हो ।
माध्यामिकतहमा नेपाली शिक्षण गर्दै आउनु भएका शिक्षक शिक्षिकाहरु सहभागी रहनु भएको उक्त प्रशिक्षण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. भट्टराईले नयाँ पाठ्यक्रममा समावेश भएका विषयवस्तु र तिनका उद्देश्य र औचित्यका जानकारी दिनु भएको थियो भने प्राध्यापक डा. नेपालले भाषा शिक्षणमा चुनौती थपिएकाले शिक्षकहरुले अहिलेको समयअनुसार आफुलाई परिमार्जन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पाठ्यक्रमले लिएको उद्देश्य पूरा गर्न कक्षामा बालबालिकाको सामुहिक सहभागितामा जोड दिदै शिक्षकभन्दा बिद्यार्थीलाई बढी सक्रिय बनाउने शिक्षण विधि अपनाएर शिक्षण गर्ने समय आएको धारणा प्रशिक्षकद्वयले व्यक्त गर्नुभएको थियो ।
ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले प्रशिक्षकद्वय भट्टराई र नेपाललाई खादा र टीका लगाएर स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्राध्यापक रामप्रसाद पाण्डेले गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा नेपाली विषय शिक्षकहरु श्रीधर अर्याल , दुर्गाप्रसाद काफ्ले , दिपक गौतम , अमरेश कुमार पाण्डे , रामपुकार यादव , सन्तोष कुशवाह , गीता ठाकुर , चाँदनी सिंह राजपुत , राजकुमार साह , सन्तोषी कुमारी राम लगायतको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिकृयाहरू