शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

पर्साबाट भन्सार छलीका एक करोड ४२ लाख मूल्यका सामानसहित दुई ट्रक प्रहरी नियन्त्रणमा

  पटक पढिएको

२०८०, २० फाल्गुन आईतवार १७:१९ मा प्रकाशित

वीरगञ्ज, फागुन २० । पर्साबाट प्रहरीले एक करोडभन्दा बढी मूल्यका भन्सार छलीका सामान लोड रहेका दुईवटा सवारी नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.२५ चण्डाल चोकस्थित सडकखण्डबाट भन्सार छलीका कपडा तथा किताबहरु लोड रहेका ट्रकहरू नियन्त्रणमा लिएको हो ।
बिल बिजक भन्दा बढी मूल्यका सामानहरु लोड रहेको पिकअप तथा ट्रक आइसिपीबाट काठमाण्डौतर्फ जाँदै गरेको खबर प्रहरीलाई आएको थियो । सोही सूचनाको आधारमा जाँच गर्दा बिआर २२ जिए ४९१६ नम्बरको पिकअप र ना.४ ख ९८७ नम्बरको सवारीहरु बरामद गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए ।
पिकअप तथा ट्रकमा लोड रहेका सामानको बिल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
बरामद सामानको मूल्यांकन एक करोड ४२ लाख ७८ हजार १२० रुपैँया कायम गरि आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू