शनिबार, ०५ जेठ २०८१   |   May 18 Sat, 2024

शिक्षा अधिकारी लालबाबु घुस रकम सहित पक्राउ

  पटक पढिएको

२०७५, २५ आश्विन बिहीबार १७:२८ मा प्रकाशित
तस्बिरमा शिक्षा अधिकारी लालबाबु साह

वीरगञ्ज,२५ असोज : अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको टोलीले शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख लालबाबु साहलाई ४० हजार घुस रकम सहित आफनो फन्दामा पारेको छ ।अख्तियारको क्षेत्रीय कार्यालय हेटौडाबाट आएको टोलीले सेवाग्राहीसंग आफनै क्वाटर चिनीमिल आवास क्षेत्र स्थित निवासमा घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

 

जगरनाथपुर गाउपालिका वडा नं.३ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयको भवन निमार्णको लागि खातामा पठाएको रकम फुकवा गर्न कमिसन बापतको उक्त रकम लिईरहेको अवस्थामा पक्राउ परेका हुन । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि हेटौडा लैजाने तयारी भईरहेको जनाईएको छ ।

 

शिक्षा अधिकारी साहले पर्साका सामुदायिक विद्यालयको भवन निमार्णको नाममा खातामा रकम पठाएर कामै नगरि कमिसन माग गर्ने गरेको विधालयका एक जना शिक्षकले बताए ।

तपाईंको प्रतिकृयाहरू