सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

बिपी उधान पार्कको बदला मधेसी शहिद पार्क निर्माण हुन्छ|निर्माण गर्नबाट कुनै शक्तिले रोक्न सक्दैन : सांसद यादव

  पटक पढिएको

२०७५, १६ माघ बुधबार १३:२१ मा प्रकाशित

वीरगंज, माघ १५ –

 

 

शहिद दिवश को अवसर पारेर बिरगंज घन्टाघर स्थित बिपी उधान मा प्रदेश नम्बर मा  २ को  सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वाधार मन्त्रि जितेन्द्र सोनालद्वारा बुधबार वीरगंज महानगरपालिका वडा नं. ९ स्थित १० विगाहा क्षेत्रफलमा रहेको जग्गामा मधेसी शहिद पार्क शिलान्यास कार्यक्रम गरेका छन् |

कार्यक्रमको  एकदिन पहिले नेपाली कांग्रेस पर्सा द्वारा पत्रकार सम्मेलन को आयोजना गरि बिपी उधान मा मदेशी शहिद पार्क को सिलान्यास कार्यक्रम तत्काल नोरोके  भिडन्त हुने चेतावनी नेपाली कांग्रेस का नेता हरु दिएका थिए| त्यसलाई लत्यउन्दै सिलान्याश कार्यक्रम गरिएको छ |

 

यता कार्यक्रम मा मा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) प्रदीप यादवले कुनै पनि  शक्ति आएपनि मधेसी शहिद पार्क निर्माण कार्य नरोकिने बताएका छन् ।

वीरगंज महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा विपी उद्यान पार्क निर्माण गर्ने निर्णय पहिला नै भईसकेकोले प्रदेश सरकारसंग भोलि गरिने शिलन्यास कार्यक्रम रोक्न माग गरेको छ । कांग्रेस पर्साले आज वीरगंजमा पत्रकार सम्मेलन गरि उक्त जग्गामा प्रदेश सरकारले सहिद पार्क बनाउन लागेकाले आफूहरुलाई मान्य नहुने बताएका  छन  ।

 

यता संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष समेत रहेका सांसद प्रदीप यादवले कुनै शक्तिले आएर विरोध गरेपनि उक्त जग्गामा मधेसी शहिद पार्क मात्र निर्माण हुने बताएका छन् । ‘वीरगंजको जनताको खुन पिसाना र तिरेको करको  पैसाले किनिएको जमिन हो त्यो, यात्रा ‘त्यसैले उक्त स्थानमा मधेसी शहिद पार्क मात्र निर्माण हुन्छ, कुनै शक्तिले विरोध गरेपनि पार्क निर्माण गर्नबाट हामीलाई रोक्न सक्दैन ।’ वीरगंज महानगरपालिकाले उक्त जग्गा २०६० साल कात्तिक २७ गते यातायात संस्थानसँग १० करोड रुपैयाँमा खरिद गरेको थियो ।

अर्कोतिर वीरगंज महानगरपालिका कार्यालयले आफुलाई पार्क निर्माणबारे कुनै जानकारी नरहेको बताएको छ । महानगरपालिकाका मेयर विजय सरवागीले प्रदेश सरकारबाट आफुलाई पार्क शिलान्यास कार्यक्रम सम्बन्धित कुनै जानकारी नआएको बताए । यतातिर नेपाली कांग्रेस पर्साले आफूहरुको आग्रहलाई अटेरी गरेर प्रदेश सरकारले बलमिच्याइँ गर्यो भने मुठभेडको स्थिति आउने भन्दै चेतावनी दिएका छन् । र त्यसको जिम्मेवार मुख्यमन्त्री र प्रदेश सरकार नै हुने कांग्रेसको भनाइ छ ।

तपाईंको प्रतिकृयाहरू