सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

नेकपा पर्सा द्वारा २४ औ जनयुद्ध  दिवस मा शहिद परिवार लाइ सम्मान

  पटक पढिएको

२०७५, १ फाल्गुन बुधबार १६:१९ मा प्रकाशित

बिरगंज फाल्गुन १

नेपाल मा बि. स २०५२ फाल्गुन १ देखि सुरु भएको १० बर्षे सशत्र जनयुद्ध बि .स २०६३ मंशिर ५ मा नेपाल सरकार संघ  शान्ति सम्झौता भएको थियो| त्यो महान दिनको सम्झना मा आज देसै भरि विभिन्न कार्यक्रम गरेर मनाइदै छ| सोहि  अनुसार आज नेकपा पर्सा द्वारा पनि बिरगंज मनमोहन नगर स्तिथ पार्टी कार्यलयमा १० बर्षे जनयुद्ध मा आफ्नो प्राण को बलिदानी दिएर आज यो देश मा आमुल परिवर्तन कारी भूमिका खेलेकाति महान शहिद परिवार हरुलाई सम्मान तथा दोस्साला ओढाएर सम्मान गरिएको थियो|पार्टी एकता भए पछी को पहिलो जनयुद्ध दिवस भब्य रुप मा देसै भरि मनाउदै छ|

 

नेकपा पर्सा कार्यदल सदस्य प्रभु हजरा को अध्यक्ष्त्ता मा भएको कार्यक्रम मा प्रमुख अथिति नेकपा केन्द्रीय सदस्य तथा प्रदेश नम्बर २ को सह इन्चार्ज बिस्वनाथ साह ले गर्नु भएको थियो|कार्यक्रममा ज्ञात अज्ञात तथा शहिद हरु को सम्झना मा  एक मिनेट मौन धारण गरि कार्यक्रम सुरु भएको थियो कार्यक्रम मा स्वागत मन्तब्य नेकपा कार्यदल सदस्य तथा  प्रदेश सदस्य विजय महतोले गरेका थिए|

 

 

प्रदेश सदस्य योगेन्द्र साह ले यो जनयुद्ध दिवस ले हामि हरुमा नया एकता मा थप उर्जा प्राप्त हुने दाबि गर्नु भएको थियो भने अर्का प्रदेश सदसय हरि मण्डलले देश मा यति ठुलो परिवर्तन आउनु मा सहिद तथा बेपता परिवार हरुमा हार्दिक नमन तथा श्राधंजलि व्यक्त गर्नु भएको जानकारी नेकपा कार्यदल सदस्य तथा कार्यक्रम उद्घोषक छोटेलाल यादव ले बताय|

 

 

कार्यक्रम मा शहिद नवराज कुवर, जगरनाथ नेपाल मजुरी आलम,भुलन महतो,रामायण राम,सन्तोष ठाकुर,नामी सिंह, गीता लमिक्षाने, हरि सापकोटा दिन दयाल चौधरी,रामसुरत चौधरी,रामेश्वर राम,हिरा श्रेष्ठ,पूर्ण  भण्डारी,बीरब पाख्रिन, कुन्दन पाख्रिन,दिपेन्द्र सिंह,सिजन राज पाण्डे,हिरा सुबेदी,तमुना माझी,खेमलाल आचार्य,पन्नालाल राम,भोकट राय् भर, भोला मिया, राजकुमार ठाकुर,राजेस मण्डल,बसन्त भण्डारी,अलिराज मिया,नगेन्द्र महतो,बिरुण राइ,बनपाल राइ,रामचन्द्र भट्टराई,र कमल धमला का परिवार जान हरु लाइ दोस्शाला ओढाई समान गरिएको थियो|

 

 

कार्यक्रम मा प्रमुख अथिति बिस्वानाथ साहले देश यति ठुलो परिवर्तन आउँदा पर्तिक्रिया बादीहरु आतंकित भएका थिए १० बर्षे जनयुद्ध र जनान्दोलन को उपलब्दी आज देश मा नया नेपाल निर्माण हुँदै छ देश मा पुरानो साशन प्रणाली को अन्त्य गरि नया साशन प्रणाली लागु भएको छ|सबै को सम्मान अधिकार लागु भएको छ|

 

 

कार्यक्रम मा पुर्ब माननीय राजकुमार गुप्ता,बिचारी यादव,फुल्झरी देवी, जगरनाथ पुर् पालिका प्रमुख जालिम मिया, प्रदेश सदस्य बालगोपाल थापा, रामबाबु बैठा, बाबुराम कौसिक,बिना शर्मा, शिक्षक् संगठन का सचिव बिनोद गिरि लगायत को उपस्थिति रहेको थियो|

तपाईंको प्रतिकृयाहरू