बिहिबार, ०३ जेठ २०८१   |   May 16 Thu, 2024

सरकार द्वारा विप्लब माथि लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्नु पर्छ, सहमति र सहकार्य बाट बार्ता गर्न आग्रह

  पटक पढिएको

२०७५, २९ फाल्गुन बुधबार १५:२५ मा प्रकाशित

बिरगंज २९ – नेत्र बिक्रम चन्द  बिप्लवले  नेतृत्व गरेको माओवादीमाथि सरकारले लगाएको  प्रतिबन्धलाई लिएर नेकपा भित्र  र बाहिर पनि  आलोचना बढेकाे छ ।

विप्लवसँगै जनयुद्धमा होमिएकाहरुले समेत उनी र उनको समूहलाई प्रतिबन्ध लगाएर सरकारले दुइ तिहाई को  दम्भ देखाएको  नेकपा समर्थित अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा प्रदेश नम्बर २ को स संयोजक प्रभाकर गुप्ता ले टिप्पणी गरेका छन्  गरेका छन् ।

२०५२ साल मा सुरु भएको १० बर्से  जनयुद्धका  कमान्डर विप्लब ले अहिले पनि यो देश मा नेपाली जनता ले मुक्ति नपाएको र अहिले को सरकार भ्रस्टहरुको सरकार रहेको भन्दै विभिन्न चरणको आन्दोलन गर्दै आइरहेका छन् सरकार ले जसरि पृथकताबादी आन्दोलन र स्वन्त्र मधेश को नारा लिएर आन्दोलनरत रहेको चन्द्रकान्त राउत संग राजनीतिक सहमति गरेर मुलधारको राजनीति मा ल्याउने काम भयो त्यसरी नै विप्लब संग पनि बार्ता गरि सहमति र सहकार्य बाट निकास खोज्नु पर्ने हो।

राजनीतिक समस्याको हल राजनीतिक रुपैले नै गर्नुपर्छ। त्यो नगरेर सरकारले ठूलो गल्ती गर्यो। यसखालको प्रतिबन्ध फुकुवा गर्नु पर्छ। सरकारको दमनकारी भूमिका तत्काल बन्द गर्नु पर्छ।

 

दुइ ओटा ठुला बाम शक्ति हरु मिल्नु ले पार्टी भित्र र पार्टी बाहिर समेत यो एकता पचिरहेको स्तिथि छैन तसैले बिदेशी शक्ति हरुले पनि यो एकता र दुइ तिहाई को सरकार लाइ नैतिक संकटमा  ल्याउने प्रयास हुँदै छ ।बिधार्थी नेता प्रभाकर गुप्ता ले  भने  गृहमन्त्री  बादलले मंत्री परिषद मा ल्याएको प्रसताब  लाइ मन्त्रि परिसद द्वरा पास गरिएको थियो।

 

अनेरास्वबियू को नेता गुप्ता ले विप्लब माथि लगाएको प्रतिबन्ध तत्काल रोकी राजनीतिक सहमति र सहकार्य बाट अगाडी बढ्ने सरकार लाइ आग्रह गरेका छन् ।

सरकारबाट प्रतिबन्दको निर्णय फिर्ता नगरेमा देश मा लागु भएको संबिधान र संघियता हरु असफल हुने सम्भावना बढिरहेको र  मुलुक पुनः अशान्त हुने खतरा देखियो ।

 

तपाईंको प्रतिकृयाहरू