मङ्गलबार, २५ बैशाख २०८१   |   May 7 Tue, 2024

नाम, कर्म र उद्देश्यमा गतिशील प्रचण्ड

  पटक पढिएको

२०७५, १० चैत्र आईतवार १३:०२ मा प्रकाशित

तिलक राज भण्डारी । नेपाली शब्दकोषमा प्रचण्डको अर्थ “ज्यादै चर्काे  स्वभावको, खरो, कसैसंग नडराउने, सहासी, आँटिलो” हुन्छ । तर प्रचण्डको वास्तविक नाम “पुष्पकमल” हो, जसको अर्थ हिलोमा फुल्ने कमलको फूल हो । कमलको फूललाई सरस्वती, विद्या र ज्ञानभण्डारको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यसरी पुष्पकमल दाहाल र कमरेड ‘प्रचण्ड’ नाम पनि संयोगको विषय नभएर उनको वास्तविक जीवन व्यवहारसंग मिल्दो छ । सिद्धान्त, दर्शन र राजनीतिक ज्ञानभण्डारलाई शाहास र दृढ आत्मविश्वसका साथ नेपाली राजनीतिमा कार्यन्वयन गर्न सफल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको परिवर्तनकारी आन्दोलनमा एक युगपुरुषको रुपमा उदाए भने प्रतिक्रियावादी शक्तिका लागि एक चुनौतिको पर्खालका रुपमाउभिए ।

प्रचण्डको नाम नलिँदा आफुलाई कथित सेलिव्रेटी भन्न रुचाउने ब्यक्तिहरुदेखि कतिपय मिडीया र मिडीयाकर्मीहरु ओझेल पर्ने डरले भयभित हुन्छन् र पुष्पकमल दाहाल वा कमरेड प्रचण्डको शाहारा लिएर आफू र आफ्नो मिडियाको फ्यान र भ्युवर्स बढाउने चेष्टा गर्दछन् ।

नेपाली राजनीतिमा “पुष्पकमल दाहाल” र “कमरेड प्रचण्ड” एउटा राजनीतिक नेताको नाम भए पनि नेपाली राजनीतिक परिर्वतनको इतिहास, वर्तमानको प्रभाव र चलन चल्तिमा समेत नितान्त भिन्नता देखिन्छ “पुष्पकमल दाहाल” र “प्रचण्ड” को शब्द चयनमा ।

 

 

भर्खरमात्र शान्ति प्रक्रियामा आउदा नेपालका ठुला मिडियाहरुले समेत “प्रचण्ड” लेख्न र उच्चारण गर्न चाहादैन्थ्ये, यो प्रक्रिया पूर्ण रुपले अहिले पनि रोकिएको छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक व्यक्ति तथा मिडिया र मिडियाकर्मीहरुले समेत आफ्नो राजनीतिक विचार र वर्गीय पक्षधरताका आधारमा “पुष्पकमल दाहाल” वा “प्रचण्ड” शब्दावलीको प्रयोग गर्थे र अध्यावधि गर्दैछन् । प्रचण्ड स्वयम ले आफ्नो राजनीतिक परिचालनमा समेत कहिले प्रचण्डको स्वभावमा उभिने कार्यनीति अवलम्बन गर्दछन् त कहिले पुष्पकमलको भुमिकामा । यहि द्वन्द्धात्मक सम्वन्ध छ, पुष्पकमल र कमरेड प्रचण्डमा । प्रचण्डको राजनीतिक परिचालनबाट “पुष्पकमल दाहाल” भन्न रुचाउनेहरु खुशी हँदा र पुष्पकमल को बहुरङ्गी अर्थ लागाउदै प्रशंसा गरेर हौस्याउन खोज्दा “कमरेड प्रचण्ड” भन्न रुचाउनेहरु अलि संसकित हुन्छन् र खबरदारीका निम्ति “कमरेड प्रचण्ड” प्रति छड्के नजर लगाउन थाल्छन् ।

क्रान्तिकारी आन्दोलनबाट स्थापित राजनीतिक एजेण्ड र उपलब्धीहरुलाई कार्यन्वयन गर्दै शान्ति र समृद्धिको यात्रामा पनि यो मुलुकलाई नेतृत्वदायी भुमिका खेल्नै पर्दछ । क्रान्तिकारी आन्दोलनको क्रमममा भएको त्याग, समपर्ण र वलिदानको उच्च मूल्याङ्कन गर्दै शान्तिपूर्ण राजनीतिक यात्रामा पनि सफल नेतृत्व गरेर मात्रै पुष्पकमल दाहाल कमरेड प्रचण्डको पुष्टी हुन पुग्दछ ।

 

ठीक त्यसरी नै “कमरेड प्रचण्ड”भन्न रुचाउनेहरु खुशी हँदा र “कमरेड प्रचण्ड” लाई गौरवपूर्ण गाथाको पगरी लगाउन खोज्दा “पुष्पकमल दाहाल” भन्न रुचाउनेहरु मस्किन्छन् र “नसुध्रिने भयो” भन्दै ढाडे हात लगाउन थाल्छन् ।प्रचण्डको राजनीतिक जीवनमा पुष्पकमल र प्रचण्डको द्वन्द्धात्मक तालमेल मिलाउन पनि निकै कठीन छ । एउटै व्यक्तिको नाम “प्रचण्ड” क्रान्तिको पर्यावाचीको रुपमा स्थापित भयो भने “पुष्पकमल” शान्ति प्रक्रिया को रुपमा स्थापित भयो । नामको सार्थकतालाई प्रचण्डले पुष्टि गर्न अंझै बाँकी छ । क्रान्तिकारी आन्दोलनबाट स्थापित राजनीतिक एजेण्ड र उपलब्धीहरुलाई कार्यन्वयन गर्दै शान्ति र समृद्धिको यात्रामा पनि यो मुलुकलाई नेतृत्वदायी भुमिका खेल्नै पर्दछ । क्रान्तिकारी आन्दोलनको क्रमममा भएको त्याग, समपर्ण र वलिदानको उच्च मूल्याङ्कन गर्दै शान्तिपूर्ण राजनीतिक यात्रामा पनि सफल नेतृत्व गरेर मात्रै पुष्पकमल दाहाल कमरेड प्रचण्डको पुष्टी हुन पुग्दछ ।

 

 

हो, यहि कारणले यसरी नै नेपाली राजनीतिमा पुष्पकमल दाहाल (क.प्रचण्ड) को चर्चा चलिरहन्छ। प्रचण्डको नाम नलिँदा आफुलाई कथित सेलिव्रेटी भन्न रुचाउने ब्यक्तिहरुदेखि कतिपय मिडीया र मिडीयाकर्मीहरु ओझेल पर्ने डरले भयभित हुन्छन् र पुष्पकमल दाहाल वा कमरेड प्रचण्डको शाहारा लिएर आफू र आफ्नो मिडियाको फ्यान र भ्युवर्स बढाउने चेष्टा गर्दछन् । कहिले समर्थन र प्रसंसाको रुपमा प्रचण्डको शाहारा लिन्छन् त कहिले विरोध, आरोप, निकृष्ट गालीगलोजमा समेत उत्रिएको देखिन्छ । यो प्रक्रिया नेपाली राजनीतिमा प्रचण्डको उदयसंगै शुरु भएको हो, अहिले पनि विद्यमान छ र प्रचण्ड रहदासम्म चलिरहनेछ ।

 

 

प्रचण्डको यहि युगान्तकारी भुमिकाका परिणामस्वरुप नै विश्वभरी प्रचण्डका चर्का आलोचक र दृढ समथर्कहरुको ध्रुवीकरण भएको हो । प्रचण्डले हजारौं आलोचना, विरोध, आरोप, प्रतिबन्ध,षड्यन्त्र र निकृष्टगाली गलोज समेतकोे प्रतिरोध गर्दै आफूलाई अपराजय सावित गर्दै आएका छन् ।

 

नेपाली राजनीतिमा अरु भन्दा नितान्तै पृथक ढंगले कमरेड प्रचण्डले क्रान्तिकारी आन्दोलनको नेतृत्व गरे । दिर्घकालीन जनयुद्धको माध्यमबाट गाऊँदेखि शहरसम्मका आधारभूत तथा गरीब जनसमुदायमा आमूल क्रान्तिकारी राजनीतिक चेतनाको जागरण र परिवर्तन ल्याउने सफल नेतृत्व कमरेड प्रचण्ड नै हुन् ।नेपाली क्रान्तिको विकास र माक्र्सवादको श्रृजनात्मक प्रयोगमार्पत दिर्घकालिन जनयुद्ध र शान्तिपूर्ण जनआन्दोलनको समायोजनमार्फत सामन्ती एकात्मक राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र को स्थापना गर्ने एक महत्वपूर्ण रोलमोडलको रुपमा कमरेड प्रचण्डको उदय भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै नेपाली जनताले प्राप्त गरेका गणतन्त्र, संघीयता, समावेशी तथा समानुपातिक प्रणाली, धर्मनिरपेक्षता सहितको नेपालको संविधान र त्यसको कार्यन्वयनमा समेत प्रचण्डको निर्णायक भूमिका विद्यमान छ ।

 

 

प्रचण्डलाई देख्दै नदेखी, भेट्दै नभेटी प्रचण्डको राजनीतिक अभियानमा सहभागी हुने हजारौं नेता, कार्यकर्ता को सँख्या थियो ।  प्रचण्डमाथि राजनीतिक तथा गैर राजनीतिक आरोप, गाली–गलोज र भण्डाफोर गर्ने व्यक्ति र शक्तिकेन्द्रहरु अहिले कुनै न कुनै रुपमा पश्चाताप गरिरहेका छन् ।

 

अंझ टुटफुट र विभाजनका दर्जनौ श्रृंखलाबाट गुज्रिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता प्रक्रियामार्फत बैज्ञानिक समाजवादको रणनीतिक लक्ष्यमा आधारित समाजवाद उन्मुख राष्ट्रिय पूँजीवादको विकास र सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा पनि प्रचण्डको हिम्मत र नेतृत्वादायी भूमिका स्थापित भयो । प्रचण्डको यहि युगान्तकारी भुमिकाका परिणामस्वरुप नै विश्वभरी प्रचण्डका चर्का आलोचक र दृढ समथर्कहरुको ध्रुवीकरण भएको हो । प्रचण्डले हजारौं आलोचना, विरोध, आरोप, प्रतिबन्ध,षड्यन्त्र र निकृष्टगाली गलोज समेतकोे प्रतिरोध गर्दै आफूलाई अपराजय सावित गर्दै आएका छन् ।

 

 

क्रान्तिकारी आन्दोलनको नेतृत्व र सञ्चालन गर्दा तत्कालिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शासक र शक्तिकेन्द्रहरुबाट उनी र उनको पार्टीमाथी लगाईएको प्रतिबन्ध, आतंककारीको आरोप तथा टाउकाको मूल्य समेत लाई व्यवस्थित प्रतिरोधमार्फत विजयी हासिल गर्दै आफूलाई सफल नेतृत्वको रुपमा उभ्याईसकेका छन् । त्यतिवेला प्रचण्डमाथि राजनीतिक तथा गैर राजनीतिक आरोप, गाली–गलोज र भण्डाफोर गर्ने व्यक्ति र शक्तिकेन्द्रहरु अहिले कुनै न कुनै रुपमा पश्चाताप गरिरहेका छन् । विस्तारवादी तथा साम्राज्यवादी शक्तिकेन्द्रहरुले समेत प्रचण्डसंग राजनीतिक सम्बन्ध स्थापित गर्न खोजिरहेको अवस्था विद्यमान छ। साम्राज्यवादी अमेरिका जसले त्यतिवेला प्रचण्ड र उनको पार्टीलाई आतंककारीको सूचीमा राखेको थियो । आज अमेरिकी राजदुतको पहलमा प्रचण्ड उपचार र राजनीतिक छलफलमा अमेरिकामा नै छन् ।

 

 

प्रचण्डको विरोध गर्दा चर्चामा आउन चाहने कथित सेलीव्रेटी तथा आफ्नो मिडीयाको भ्यूवर्स बढाउन चाहाने मिडिया र मिडीयाकर्मीको तत्कालिन उद्देश्यमा भने सफलता प्राप्त गर्दछन् । वास्तविकता यहि हो । यहि यथार्ततालाई आत्मसाथ गरेर विचार, राजनीति र संगठनात्मक क्षेत्रमा प्रचण्डलाई रचनात्मक सल्लाह र सुझाव केन्द्रित गर्दै प्रतिक्रियावादी शक्तिहरुले श्रृजना गर्ने सुनियोजित षड्यन्त्र र प्रायोजित विरोधका पर्पाेगाण्डाहरुलाई ध्वस्त पार्न जरुरी छ ।

 

त्यसैगरी प्रचण्ड र प्रचण्डको योजनामा निशर्त जीवन उत्सर्ग गर्ने जनमुक्ति सेना, नेता, कार्यकर्ता, समर्थक र जनसमुदायको बलियो रक्षाकवाजबाट प्रचण्ड यहाँसम्म आईपुगेका हुन । प्रचण्डलाई देख्दै नदेखी, भेट्दै नभेटी प्रचण्डको राजनीतिक अभियानमा सहभागी हुने हजारौं नेता, कार्यकर्ता को सँख्या थियो । त्यतिमात्रै होईन प्रचण्डसंग देखाभेट नभएर पनि प्रचण्डको राजनीतिक योजना कार्यन्वयन गर्दै धेरैले जीवन उत्सर्ग गरेका छन्, धेरै अङ्गभङ्ग छन् र दर्जनौ बेपत्ता छन् । यो श्रृंखला अझैं रोकिएको छैन प्रचण्डका लागि जीवन उत्सर्ग गर्ने अहिले पनि हजारौं नेता,कार्यकर्ता र समर्थकहरुको पंक्ति छ ।

 

 

प्रचण्डको यहि युगान्तकारी भुमिकाका परिणामस्वरुप नै विश्वभरी प्रचण्डका चर्का आलोचक र दृढ समथर्कहरुको ध्रुवीकरण भएको हो । प्रचण्डले हजारौं आलोचना, विरोध, आरोप, प्रतिबन्ध,षड्यन्त्र र निकृष्टगाली गलोज समेतकोे प्रतिरोध गर्दै आफूलाई अपराजय सावित गर्दै आएका छन् ।

 

सामान्य चेतना र दृष्टिकोणले प्रचण्डको जीवन व्यवहार अध्ययन गर्न निकै कठीन छ । यहि अध्भूत जीवनशैली र राजनीतिक परिचालनको परिणामस्वरुप प्रचण्डका निकृष्ट विरोधीहरु कहिलेकाँही मानसिक असन्तुलन झैं नीचतापूर्वक गालीगलोजमा उत्रिन्छन् र समर्थकहरुले दृढतापूर्वक प्रतिरोध गर्दछन् । यद्यपी प्रचण्डको विरोध गर्दा चर्चामा आउन चाहने कथित सेलीव्रेटी तथा आफ्नो मिडीयाको भ्यूवर्स बढाउन चाहाने मिडिया र मिडीयाकर्मीको तत्कालिन उद्देश्यमा भने सफलता प्राप्त गर्दछन् । वास्तविकता यहि हो । यहि यथार्ततालाई आत्मसाथ गरेर विचार, राजनीति र संगठनात्मक क्षेत्रमा प्रचण्डलाई रचनात्मक सल्लाह र सुझाव केन्द्रित गर्दै प्रतिक्रियावादी शक्तिहरुले श्रृजना गर्ने सुनियोजित षड्यन्त्र र प्रायोजित विरोधका पर्पाेगाण्डाहरुलाई ध्वस्त पार्न जरुरी छ । र, प्रचण्ड आफ्नो रणनीतिक योजनामा दृढतापूर्वक अगाडी बढ्नुको विकल्प छैन । प्रचण्डको नाम, कर्म र उद्देश्यप्रतिको लगावले यहि यथार्ततालाई पुष्टि गर्दछ । लेखक अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष 

साभार एभरेस्ट दैनिक

तपाईंको प्रतिकृयाहरू