शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजार मा संचालन संगठन लाइ सांझा संगठन को रुपमा निर्माण गर्ने ;- नेता रमेश मल्ल

  पटक पढिएको

२०७६, १२ भाद्र बिहीबार १६:११ मा प्रकाशित

काठमाडौं भाद्र १२ ।

लामो समय देखि अन्योल मा रहेको अनेरास्ववियु को संगठनिक तथा कार्यालय व्यवस्थापन को काम अगाडी बढेको छ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको एकीकृत कार्यालय आजदेखि सञ्चालनमा आएको छ ।

 

काठमाडौंको बागबजारमा आज देखि पूर्व अनेरास्वबियू क्रान्तिकारी को कार्यलयलाई  एकिकृत अनेरास्ववियु को  कार्यालय को रूपमा प्रयोग गर्ने भएका छन् । औपचारिक कार्यक्रम गरेर अनेरास्ववियूको कार्यालय सञ्चालनमा आएको थियो ।

 

 

एकीकृत कार्यालयको उद्घाटन समारोहमा पार्टीका नेताहरु, संगठनका इन्चार्ज कमरेड हितमान शाक्य संगठन क  संयोजक ऐन महर र  सहसंयोक रंजित तामांग , पूर्वअध्यक्षहरु लेखनाथ न्यौपाने,  रमेश मल्ल , ठाकुर गैरे, रामकुमारी झाक्री नबिन लामा   तथा पदाधिकारी लगायतको सहभागिता रहेको नेता दिपेश पुनले जानकारी  जानकारी दिए ।

 

तत्कालिन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकतापछि एकीकृत कार्यालय आजदेखि सञ्चालनमा आएको हो ।

 

तपाईंको प्रतिकृयाहरू