शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

नेकपाको बहुमत सदस्यहरुले एम.सी सी को बिरोधमा

  पटक पढिएको

२०७६, १७ माघ शुक्रबार २०:३९ मा प्रकाशित

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा छलफलको क्रममा अनौठो नतिजा देखिएको छ। सरकार र सरकारमा रहेको दलका शिर्ष नेताहरू अमेरिकी परियोजना एमसीसी लागु गर्ने तयारी गरेको बेला बहुमत केन्द्रीय सदस्य भने पास गर्न नहुने लाइनमा देखिएका छन् ।

 

राष्ट्रियसभा गृहमा समूहगत छलफलमा भाग लिएका अधिकांश सदस्यहरू अमेरिकी सहयोग नियोगअन्तर्गतको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) परियोजनाको विपक्षमा रहेको एक नेताले बताएका छन् ।

 

“अहिलेकै शर्त स्वीकार गरेर एमसीसी पास गर्नुहुँदैन भन्ने नै धारणा सबैको छ” उनले भने । सबै समूहमा रहेको सदस्यहरूको पनि मत बुझिएको र उनीहरूको धारणा पास गर्न नहुने रहेको उनको भनाई छ ।

 

सभामुख चयनमा समेत सम्झौता गरेर पास गर्ने अन्तिम तयारी गरिएको एमसीसीमा नयाँ ट्वीस्ट आएपछि पार्टी नेतृत्वलाई तनाव बढेको बताइएको छ । एक नेताले भने “पार्टीमा एमसीसी हर्ने दृष्टिकोण राम्रो छैन नेतृत्वको दवावको कारण कसैले केहि भन्न नसकेका मात्र हुन्, पास नगर्ने लाइनमा बहुमत छ।”

 

बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसीको अँध्यारो पाटो नछोइ उज्यालो पाटोको मात्रै चर्चा गरेको समेत नेताहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री ओली सम्झौताको शब्दमा मात्रै केन्द्रित भएको त्यसको भावमा नगएको भन्दै तिब्र बिरोध भैरहेको पनि स्रोतले बताएको छ ।

कतिपयले भने मोही मागेर ढुङ्ग्रो लुकाउन नहुने तर्क गर्दै सहयोग जस्तो भएपनि लिनुपर्ने तर्क गरेका छन् । वागमती प्रदेशमा अर्थमन्त्रीसमेत रहेका कैलाश ढुंगेलले नेपालले वैदेशिक सहायताअन्तर्गत विभिन्न दातृ निकायबाट यसअघि पनि शर्तसहित अनुदान लिएको बताए ।

ऐलेसम्म धेरैजसो सहायता सम्झौता गरेरै लिइएको र यसले केहि फरक नपार्ने उनीहरूको दाबी थियो ।

तपाईंको प्रतिकृयाहरू