शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

कार्यदलले प्रतिबेदन बुझायो, यथास्तिथिमा एम. सी. सी पास गर्न सकिदैन

  पटक पढिएको

२०७६, ९ फाल्गुन शुक्रबार २०:२६ मा प्रकाशित

काठमाण्डाै –

एमसीसीका विषयमा अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले बनाएको कार्यदलले आज प्रतिवेदन बुझाएको छ ।

दिउँसो बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई बुझाइएको कार्यदलका सदस्यहरुले बताएका छन् । सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यको विस्तृत अध्ययन भएको कार्यदलका सदस्य भीम रावलले बताउनुभयो ।

कार्यदलले एमसीसी सम्झौता नसच्याइ संसदबाट अनुमोदन नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ । नेकपाभित्र एमसीसीका विषयमा विवाद बढ्दै गएपछि केन्द्रीय समिति बैठकले अध्ययन गर्न यसअघि कार्यदल बनाएको थियो ।

केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि अर्को पटक फेरि १० दिनको समय थपिएको थियो । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।

तपाईंको प्रतिकृयाहरू