सोमबार, १७ बैशाख २०८१   |   April 29 Mon, 2024

नागरिक प्रति गैर जिम्मेवार सरकार र तिनका सुरक्षा निकायहरु

  पटक पढिएको

२०७७, ४ बैशाख बिहीबार ०९:१८ मा प्रकाशित

बैशाख ४

बिश्वब्यापी कोभिड १९ कोरोनाले विश्वका सम्पूर्ण देश र जनता त्रसित भएका छन् यो महामारी बाट विश्वभरी करिब २०८३२३७ मान्छे

संक्ररमित र  १३४६१० मृत्यु जसमध्ये ५१०३२८ जना निको भएको तथ्यांकले बताउँछ |

त्यस्तै  नेपालमा  जम्मा सक्रमित १६ जानामा पाएको छ भने १ जना निको भएको छ जसमध्ये १५ जना अहिले संक्रमित छन् |अब यस बाट मुक्ति पाउना को लागि  विश्वका  सबै शक्ति शालि रास्ट्र हरुले  आफ्नो सम्पूर्ण शक्ति चलायम बनाइ सकेका छन् र नागरिकहरु  आफ्नो ठाउँ बाट सक्दो प्रयासरत छन् सरकार ले भने को आदेश पालना गरेर बसेका छन् |

विश्वको अधिकांस मुलुकले लक्डाउन को अभ्यास गरिरहेको हुनाले नेपाल सरकारले पनि चैत्र ११ गते देखि नेपालमा लकडाउन सुरु भयो अचानक लकडाउनले नेपालि जनता हरु जो जहा जुन अवस्थामा थियो तेइ अवस्थामा फसेको देखियो अहेले हजारो मानिस हरु खालीपेट बस्न बाध्य छन् नेपाल सरकार मौन छ | हामी देखि रहेका छौ देश कै राजधानी भनिने काठमान्डोमा अहिले हजारो जनता अलपत्र परेका छन् गोजीमा दाम भएपनि खाने माम छैन गन्तब्य मा जान साधन छैन| एक/एक हप्ता लगाएर पैदल खाली खुट्टा आफ्नो गन्तब्य पुग्न बाध्य छन् |काठमान्ड़ो बाट हिडेका केहि यात्री हरुकों पिडा यस्तो छ ६ दिन लगाएर निजगढ पुगेका एक जना भन्छन जंगल को बाटो भएर एक्लै हिडनु पर्ने अवस्था झन् लकडाउन को समय प्रहरीले हेर्ने बितिक्कै लाठि बर्साउने यस्तो अवस्था मा पनि सकुसल घर पुगीरहेको स्तिथि छ |

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरि लाखो सुरक्षा कर्मी हरु आफ्नो स्थान बाट तैनाथ रहेको देखिन्छ तर अहिले को बिकराल अवस्थामा आखिर किन मौन छन् सबै जसो प्रमुख हरु |

कोइ VIP मन्त्रि को अगाडी पछाडी स्कटिंग गर्नलाइ मात्र हो तपाई हरुको जनशक्ति यदि होइन भने कृपया गरेर बिभिन्न स्थान मा फसेका मानिस हरुलाइ उद्धार टोलि गठन गरि सम्बन्धित गन्तब्य सम्म पुर्याउने अभियान मा जुटौ

 

 

तपाईंको प्रतिकृयाहरू