आइतबार, २३ बैशाख २०८१   |   May 5 Sun, 2024

भारतको तमिलनाडुमा रेलमा आगलागी हुँदा नौ तीर्थयात्रीको मृत्यु , ५० भन्दा बढी घाइते

तमिलनाडु, भदौ ९ गते ।

  पटक पढिएको

२०८०, ९ भाद्र शनिबार १३:३५ मा प्रकाशित

तमिलनाडु, भदौ ९ गते । शनिबार बिहान भारतको तमिलनाडुको मदुराइ रेलवे स्टेसन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् ।
पुनालुर-मदुराई एक्सप्रेसले लखनाउबाट ल्याएको उक्त डिब्बामा आज (शनिबार) बिहान आगलागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई रु १० लाख अनुदान दिने घोषणा गरेको छ । अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विस्फोट हुँदा उक्त हतातहती भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ ।
कफी बनाउन ग्यासको चुलो बाल्ने प्रयास गर्दा सिलिन्डर विस्फोट भएको उल्लेख गर्दै विज्ञप्तिमा ५५ जनालाई उद्धार गरिएको र नौ शव बरामद गरिएका जनाइएको छ । दुर्घटनास्थलमा उद्धार जारी छ । दक्षिणी रेलवेका मुख्य जनसम्पर्क अधिकारी बी गुगनेसनले रेलको डिब्बाभित्र यात्रीले गैरकानुनीरुपमा ग्यास सिलिण्डर राखेर भान्सासमेत सञ्चालन गर्दा दुर्घटना भएको बताएका छन् । जुनसुकै यात्रीले रेलका डिब्बा आवश्यक दस्तुर तिरेर यात्रा गर्नसक्ने तर कुनै पनि प्रज्वलनशील पदार्थ ल्याउन नपाइने कानुनी व्यवस्था रहेको उनले स्पष्ट गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू