सोमबार, १७ बैशाख २०८१   |   April 29 Mon, 2024

वीरगञ्ज गोल्डकपको उपाधी नेपाल पुलिस क्लबलाई

  पटक पढिएको

२०८०, २५ कार्तिक शनिबार १९:४७ मा प्रकाशित

वीरगञ्ज, कात्तिक २५ गते । प्रथम वीरगञ्ज गोल्डकपको उपाधी विभागीय टिम नेपाल पुलिस क्लबले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ट्राई बेक्ररमा पराजित गर्दै उचालेको छ ।

शनिबारदेखि वीरगञ्जमा सुरु भएको मधेस प्रदेशकै ठूलो पुरस्कार राशिको ‘वीरगञ्ज गोल्डकप –२०८०’ फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्राई बेक्ररमा हराउँदै नेपाल प्रहरीको नेपाल पुलिस क्लबले उपाधी उचालेको हो ।

नेपाल पुलिस क्लबले खेलको पुरै अवधिमा निकै दबाब दिए पनि खेल अवधीभर कुनै गोल हुन नसकेपछि उपाधीका लागि खेल ट्राई बेक्ररमा गएको थियो । त्रिभुवन आर्मी क्लबका वसन्त जिम्बाले प्रहार गरेको बल पोष्टबाट बाहिर गएको थियो भने जितेन्द कार्की, सन्तोष के.सी. र विमल पाण्डेको प्रहारलाई नेपाल पुलिस क्लबका गोलकिपर शत्रुधन चौधरीले रोक्न सफल हुनुभयो ।

नेपाल पुलिस क्लबका लागि बुद्ध तामाङ, राम वाजीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो भने उज्जवल राईले प्रहार गरेको बललाई त्रिभुवन आर्मीका गोलरक्षक विकेस कुठुले रोक्नुभयो । नेपाल पुलिस क्लबलाई उपाधी जित्नका लागि बुद्ध तामाङ, राम वाजीको गोल नै निर्णायक बन्यो ।

नेपाल पुलिस क्लबका गोलकिपर शत्रुधन चौधरीले म्यान अफ दि म्याचको दस हजार नगद, वेष्ट गोलरक्षकको २० हजार पुरस्कार जित्न सफल हुनुभयो । नेपाल पुलिस क्लबकै प्रताप गुरुङ म्यान अफ द सिरिजको ५० हजारको पुरस्कार जित्न सफल हुनुभयो ।

नेपाल पुलिस क्लबका कोच चेतन राई उत्कृष्ट प्रशिक्षक घोषित हुनुभयो । त्यस्तैगरी नेपाल पुलिस क्लबका उज्जवल राई वेष्ट मिड फिल्ड घोषित हुँदै २० हजार पुरस्कार जित्न सफल हुनुभयो । त्रिभुवन आर्मीका विमल पाण्डेले वेष्ट डिफेन्सको २० हजार जित्न सफल हुनुभयो ।

विजेता नेपाल पुलिस क्लबलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपियाँ र उपविजेता त्रिभुवन आर्मी क्लबलाई नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कारसहित ट्रफी, प्रमाणपत्रलगायत प्रदान गरिएको थियो । यसअघि वीरगञ्जमा २०७४ र २०७५ मा भएको बिशाल मेमोरिय गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको थियो । साभार गोरखापत्र अनलाईन

तपाईंको प्रतिकृयाहरू