सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

विश्रामपुर टोल जोडने सडकको नापनक्सा गरियो

  पटक पढिएको

२०८०, ६ मंसिर बुधबार १८:३८ मा प्रकाशित

वीरगञ्ज, मंसिर ०६ गते ।

पर्साको बहुदरमाई नगरपालिकाको दुई वटा गाउँलाई जोडने सडकको नापी नक्सा गरि निकाल्ने कार्य शुरु गरिएको छ ।बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ स्थित छपकैया विश्रामपुर टोल जोड्ने सडकको नापीनक्सा गरि निकाल्ने कार्यको शुरुवात गरिएको हो ।बुधबार वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवको सक्रियतामा उक्त सडकको नापी नक्सा शुरु भएको हो ।

वडा नम्बर ७ को फूलकौंल गाउँको निमिमाई मन्दिर देखि श्रीकिसुन राउत कुर्मीको छठी माई नजिकको घर सम्मको रहेको उक्त सडक वर्षो देखि बिलिन अवस्थामा रहेको थियो ।बिलिन अवस्थामा रहेको सडक पुन नापि नक्सा अनुसार निकाल्ने कार्य शुरु गरिएकाृे वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी दिए ।
सडक आम जनताको लागि एकदमै नजिकको छपकैया विश्रामपुर टोल जोड्ने सडक भएकोले यसले समग्र वडावासी लाई फाईदा पुग्ने वडाध्यक्ष यादवले बताए ।उनले आफु जनताको हकहितको लागि सधैं काम गर्ने जिकिर समेत गरे ।

तपाईंको प्रतिकृयाहरू