सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार आचार्यसँग प्रेस सेण्टर नेपाल पर्साद्वारा छलफल

  पटक पढिएको

२०८०, १७ मंसिर आईतवार ०८:५९ मा प्रकाशित

(माओवादी केन्द्र) निकट पत्रकारहरुको संगठन प्रेस सेण्टर नेपाल पर्साले सेण्टरका पूर्व अध्यक्ष तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यसँग भेटघाट र छलफल गरेको छ । वीरगन्जको होटल कन्ट्री इनमा भएको भेटघाट तथा छलफलमा संगठनको अवस्था, गतिविधि र पत्रकार महासंघको सदस्यताको विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा पूर्व अध्यक्ष एवं सल्लाहकार आचार्यले प्रेस सेण्टर नेपाल जनपक्षीय पत्रकारिताको वकालत गर्ने र श्रमजीवी पत्रकारहरुको हकहितको लागि लड्ने संस्था भएकोले व्यावसायिक पत्रकारितामा सधैं जोड दिने बताउनुभयो ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग सचिव समेत रहनुभएका आचार्यले अहिले सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान अगाडि सारेर काम गरिरहेकोले माओवादी नेतृत्वको सरकारले गरेका कामहरु तल्लो तहका जनताले पनि यथार्थ जानकारी पाउने गरी कलम चलाउन सेण्टरका पत्रकारहरुलाई निर्देशन दिनुभयो ।

श्रमजीवि पत्रकारहरुको सम्मान र हितका लागि आफ्नै पहलमा न्यूतम पारिश्रमिक निर्धारण समिति बनाएर पत्रकारहरुले श्रमजीवि पत्रकारहरुले न्यूनतम पारिश्रमिकको आधारमा काम गर्न पाएको बताउनुभयो ।

उहाँले लेख्ने र व्यावसायिक पत्रकारिता गर्नेहरु कसैलाई पनि पत्रकार महासंघको सदस्यताबाट बञ्चित गर्न नहुने बताउदै त्यसको लागि संगठन सधैं लडिरहने बताउनुभयो । पर्सामा प्रेस सेण्टरको अवस्था बलियो देखिएको र यसलाई अझ सशक्त रुपमा अगाडि बढाउन केन्द्रले गर्नुपर्ने सहयोग रहने पनि बताउनुभयो ।

सेण्टरका पर्सा अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सदस्य एवं प्रेस सेण्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सदस्य एवं पर्सा इञ्चार्ज निरज पिठाकोटे लगायत प्रेस सेण्टर नेपाल पर्साका पदाधिकारी सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सेण्टरका पर्सा सचिव शिवनाथ यादवले गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू