सोमबार, १७ बैशाख २०८१   |   April 29 Mon, 2024

अल्पाईन कप -२०८० को मंगलवार सम्पन्न खेलमा वीरगञ्ज पब्लिक कलेज र पिस जोन बिजयी

  पटक पढिएको

२०८०, १ फाल्गुन मंगलवार १८:५४ मा प्रकाशित

दीपक गौतम
वीरगञ्ज फागुन १ गते । वीरगञ्जमाा जारी रहेको प्रथम अल्पाईन कप -२०८० क्रिक्रेट प्रतियोगिताको चौथो दिन मंगलबार भएको पहिलो खेलमा वीरगञ्ज पब्लिक कलेज बिजयी भएको छ ।
वीरगञ्जको नारायणी क्रिकेट मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा वीरगञ्ज सेन्ट्रल कलेजलाई ६ विकेटको फराकिलो अन्तरले हराउदै बिरगंज पब्लिक कलेज विजयी भएको हो ।
टस जितेर ब्याटिङ्ग रोजेर खेलमा त्रिएको वीरगञ्ज सेन्ट्रल कलेजले १० बिकेट गुमाउदै १५.१ ओभर खेलेर ८४ रन मात्र बनाएको थियो ।
जितका लागि ८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वीरगञ्ज पब्लिक कलेजले १०.५ ओभरमा ४ बिकेट गुमाई लक्ष्य चुम्न सफल भएको थियो ।
वीरगञ्ज पब्लिक कलेजका लागि ३ चौकाको मद्दतले ५२ रन जोडेका खेलाडी सन्दिप सिंह म्यान अफ द म्याच घोषित भएका थिए । सिंहले ३ ओभरमा १० रन दिई ३ बिकेट चटकाएर आफ्नो टिमलाई जिताएका थिए ।
मंगलबारको दोस्रो खेलमा पिस जोन एकेडेमीले बाल एकता सेकेन्डरीलाई ८ बिकेटले हराएको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको बाल एकताले १० वटै विकेट गुमाउदै १६.५ ओभर खेल्दै १०५ रनको स्कोर खडा गरेको थियो ।
१०५ रनको लक्ष्य लिई जवाफी ब्याटिङ्गमा उत्रिएको पिस जोन एकेडमीले २  विकेट गुमाउदै १३.५ ओभर खेल्दै लक्ष्य चुमेको थियो । दोश्रो खेलको म्यान अफ द म्याच पिस जोन एकेडमीका सर्फराज अन्सारी घोषित भएका थिए ।

तपाईंको प्रतिकृयाहरू