आइतबार, ०६ जेठ २०८१   |   May 19 Sun, 2024

पर्साको ठोरीमा जनयुद्धका सहिदको शालिकमा माल्यार्पण

  पटक पढिएको

२०८०, १ फाल्गुन मंगलवार १९:०५ मा प्रकाशित

वीरगञ्ज फागुन १ गते ।

२९औ जनयुद्ध दिवसको अवसर पारेर पर्साको ठोरीमा जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गरिएको छ ।

नेकपा माओवादी केन्द्र, ठोरीको आयोजनामा ठोरी गापा–५, सुवर्णपुरमा सम्पन्न कार्यक्रममा सहभागीहरुले प्रतिमामा माल्यार्पण गरेका हुन् । कार्यक्रममा सुवर्णपुरमा रहेको सहिद स्मारकमा रहेको सहिदहरुको प्रतिमामा खादा र माला लगाएर सम्मान गरिएको ठोरी गापाका पुर्व अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका माओवादी केन्द्र मधेस प्रदेश समिति सदस्य श्रेष्ठले माओवादीभित्र अवसरवादीहरु भित्रीएकोमा चिन्ता व्यक्त गर्नुभयो । आजको परिवर्तन नै जनयुद्धले ल्याएको हुनाले जनयुद्धको सम्मान गर्नुपर्नेमा उहाँको जोड थियो ।

माओवादी केन्द्र ठोरीका अध्यक्ष सुर्य बहादुर लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका पालिका स्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

तपाईंको प्रतिकृयाहरू