सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

सिमान्तकृत महिलाहरुको सशक्तिकरणका लागि १२ दिने आधारभूत पत्रकारिता तालिम सुरु

  पटक पढिएको

२०८०, ४ फाल्गुन शुक्रबार १९:३७ मा प्रकाशित

४ फागुन,वीरगञ्ज । पर्साको वीरगञ्जमा आजदेखि महिला पत्रकारहरुको लागि १२ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।युनेस्कोको सहयोगमा गैरसरकारी सस्ंथा लोक सञ्चारले २० जना महिला पत्रकारहरुको लागि १२ दिने तालिम सुरु गरिएको हो ।
बीरगञ्जको होटल गेटवेमा सुरु भएको मधेसका सिमान्तकृत महिलाहरुको सशक्तिकरणका लागि आधारभूत पत्रकारिता विषयक तालिममा सर्लाही, रौतहट, बारा र पर्साका महिला पत्रकारहरु भाग लिएको आयोजक संस्थाले जनाएको छ ।
तालिमको उद्घाटन समारोहमा सहभागी वक्ताहरुले पत्रकारीतामार्फत मधेशका महिलाहरुको मुद्दा उजागर गर्नुपर्ने अझै पनि जरुरी रहेको सुझाव दिएका थिए । पत्रकारितामा मधेशका महिलाहरुको सहभागिता न्यून रहेको समेत चर्चा गरिएको थियो ।
देशमा महिलाहरुलाई पछि पारिएको बताउँदै लोक सञ्चारका पूर्वअध्यक्ष रमेशरञ्जन झाले पत्रकारितामा मधेशका महिलाहरुको सक्रिय उपस्थिती बढाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिएका थिए ।
यो तालिमले सहभागीहरुलाई ठूलो सहयोग पुग्ने आयोजक संस्थाले विश्वास लिएको उनको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीसहितका व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए । तालिमका सहभागीहरुलाई मुख्य सहजीकरण भने सलमा खातुन र माधुरी महतोको रहेको आयोजक संस्थाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू