सोमबार, ०७ जेठ २०८१   |   May 20 Mon, 2024

घडिअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

  पटक पढिएको

२०८०, ५ फाल्गुन शनिबार २०:०८ मा प्रकाशित

दिपक गौतम
वीरगञ्ज, फागुन ५ गते ।
घडिअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घडिअर्वा स्पोर्ट्स क्लब वीरगञ्जको अध्यक्ष सन्तोस कुमार साहको अध्यक्षता तथा वीरगञ्ज महानगर वार्ड नम्बर १० वार्ड समितिका अध्यक्ष सुशील कुमार कानूको प्रमुख आथिथ्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ स्त्री रोग बिशेषज्ञ डा लक्ष्मी थापा गुप्ता फेमिली फि़जिसियन मधुरोग विशेषज्ञ डा. उदय नारायण सिंह हाड़जोर्नी नशारोग विशेषज्ञ डा दिलीप चौरसिया बाल रोग तथा नवजात शिशु विशेषज्ञ डा श्यामबाबू साह बिकास साह छाला रोग विशेषज्ञ डा रोहित गुप्ता दांत रोग विशेषज्ञ डा ज्योति गुप्ता डा राजकुमार साह डा सन्दीप गुप्ता लगायतले करिब २५० जना स्थानीयको स्वास्थ्य परीक्षण गर्नु भएको हो ।
शिविरमा श्री गणपति डाईग्नोस्टिक सेन्टरले निःशुल्क रूपमा रगत पिसाब सुगर जाँच गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्लबका उपाध्यक्ष मनोहर साहले राख्नु भएको थियो ।
कार्यक्रममा अतिथिहरुलाई क्लबका सदस्य किशोरी साह सुदामा बरनवाल र शम्भु गुप्ताले खादा लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा खेलकूद तथा स्वास्थ्य उप समितिको संयोजक प्रभाकर गुप्ताले मन्तव्यका क्रममा मौसम परिवर्तन संगै हरेक घरमा देखिएको बिरामी तथा बिभिन्न रोगलाई मध्यनज़र गर्दैे निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका बताउनु भयो । निःशुल्क स्वास्थ्य शिविरबाट उक्त वार्डका जनताहरुलाई थोरै भए पनी राहत महसूस भएको उहाँले आशा व्यक्त गर्नुभयो ।
अधिवक्ता पन्नालाल गुप्ताले घड़िअर्वा स्पोर्टस क्लब गरेको काम सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
मन्तब्य कै क्रममा प्रभु अस्पतालका संचालक तथा स्त्री रोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ताले घड़िअर्वा स्पोर्ट्स क्लब वीरगञ्ज र प्रभु अस्पतालसंग सम्झौता गरी क्लबको सिफ़ारिशमा आएको बिरामी लाई छुट दिने घोषणा समेत गर्नु भयो ।
त्यस्तैगरी प्रमुख अतिथि क़ानूले घड़िअर्वा स्पोर्ट्स क्लब ले गरेको कार्यको प्रसंशा गर्दै वार्ड समितिले घड़िअर्वा स्पोर्टस क्लबलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभयो ।
कार्यक्रममा मित्र राष्ट्र भारतको अयोध्यामा २०२४ जनवरी २२ मा भएको प्राणप्रतिष्ठानमा सहभागी भएका वीरगञ्जबाट कठोर पैदल यात्रा १४ दिनमा सम्पन्न गरेका घडिअर्वाका मुन्ना कुमार साह कानू र चन्दन बरनवाललाई प्रशसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अतिथिहरु वार्ड समितिका पूर्व अध्यक्ष रामनगीना साह वर्तमान सदस्य संतोष जैसी पूर्व सदस्य अरबिंद साह छठपूजा समिति अध्यक्ष दिलीप गुप्ता प्रेम साह परमानन्द साह बाल्मिकी साह मनोज कुमार कानू लखन लाल गुप्ता तिलक साह राकेश साह लगायत को उपस्तिथि रहेको थियो
साथै आफ्नो अमूल्य समय दिई सहयोग गर्नू भएका चिकित्सक तथा प्राविधिक टोलीलाई समेत कार्यक्रममा मायाको चिनो प्रदान गरी अध्यक्ष सन्तोष साहले कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष कुमार गुप्ता ले गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू