आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

जिएचपी स्कुलको ३० औं वार्षिक खेलकुद समारोह सम्पन्न

  पटक पढिएको

२०८०, ५ फाल्गुन शनिबार २१:०७ मा प्रकाशित

वीरगञ्ज , फागुन ५ गते ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ श्रीपुरमा रहेको जिएचपी स्कुलको ३० औँ वार्षिक उत्सव भव्य कार्यक्रमकाबिच सम्पन्न भएको छ ।
वार्षिक उत्सवको अवसरमा जुनियरतर्फको खेलकुद समारोह आयोजना गरिएको थियो । स्कुल परिसरमा कक्षा नर्सरीदेखि ३ कक्षासम्मका विद्यार्थीहरुले विभिन्न क्रियाकलापमा सहभागिता जनाएका थिए ।
स्कुलकी निर्देशक रमिन्द्र कौरका अनुसार जुनियरतर्फका विभिन्न २८ वटा क्रियाकलापमा करिब ८ सय जना विद्यार्थीले भाग लिएका थिए । विभिन्न किसिमका खेलकुद तथा सांस्कृतिक क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी गराइएको कौरले बताउनु भयो । विद्यार्थीको उज्जवल भविष्यका लागि उनीहरुको जग बलियो हुनुपर्नेमा जोड दिदै स्कुलले विद्यार्थीहरुको जग निमाणर्मा जोड दिइरहेको उहाँले दाबी गर्नु भयो ।
कार्यक्रममा विद्यालयमा रहेका बिभिन्न सदनहरुले मार्चपास तथा झाँकी प्रस्तुत गरेका थिए । सगमाथा सदन झाँकी तथा मार्च पासमा उत्कृष्ट घोषित समेत भएको थियो । त्यस्तै गरी कार्यक्रममा बालबालिकाहरुले नृत्य तथा विद्यार्थी एंव अभिभावकका बिभिन्न खेल समेत गराईएको थियो ।
स्कुलकी निर्देशक कौरको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्दलाल कणर्, राष्ट्रिय खेलकुद परिषद्का कार्यकारिणी सदस्य मानदेव हजरा, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण मिसनराज गौतम , गुनगुन गुप्ता , एलिना जैसवाल र जन्नतुल प्रविनले गरेका थिए भने कार्यक्रममा विद्यालयमा प्रिन्सिपल ज्याक सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईंको प्रतिकृयाहरू