बुधबार, २६ बैशाख २०८१   |   May 8 Wed, 2024

वीरगञ्जमा आज साँझ ५ बजेदेखि अनिश्चितकालिन कफ्र्यू

  पटक पढिएको

२०८०, ७ फाल्गुन सोमबार १७:२२ मा प्रकाशित

दिपक गौतम
वीरगञ्ज, फागुन ७ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज सोमबार साँझ ५ बजे देखि अर्को सूचना जारी नभईञ्जेलका लागि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ ।
गएको विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुईपक्षबिच विवाद र झडप भएको विषयलाई लिएर वीरगञ्जमा पनि जुलुशको क्रममा सोमबार विवाद र झडपको स्थिती उत्पन्न भएपछि स्थानीय प्रशासनले सोमबार साँझ ५ बजे देखि अर्को सूचना जारी नभईञ्जेलका लागि अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको हो ।
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक बारा जिल्ला सिमाना , पश्चिममा तिलाबे पुल , उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजे देखि अर्को सूचना जारी नभईञ्जेलका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वार हस्ताक्षरित सुचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( क) बमोजिम कफ्र्यू आदेश जारी गरिएको उक्त आदेशको पालना नगर्नेलाई कानून बमोजिम कडा कारवाही हुने जनाईएको छ ।
जारी गरिएको सूचनाको फोटो पनि छ ।

तपाईंको प्रतिकृयाहरू