बुधबार, २६ बैशाख २०८१   |   May 8 Wed, 2024

वीरगञ्जमा सोमबार साँझ ५ बजेदेखि जारी कफ्र्यू ४ घण्टा खोलेर १० बजेदेखि पुनः जारी

  पटक पढिएको

२०८०, ८ फाल्गुन मंगलवार १२:३३ मा प्रकाशित

दिपक गौतम
वीरगञ्ज, फागुन ८ गते ।
जिल्ला प्रशासन कार्यालय पर्साले हिजो सोमबार साँझ ५ बजे देखि जारी गरेको अनिश्चितकालिन कफ्र्यू मंगलबार बिहान ४ घण्टा खोली पुनः बिहान १० बजेदेखि जारी गरिएको छ ।
वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलाबे पुल , उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र चारकिल्ला तोकेर सोमबार साँझ ५ बजे देखि जारी कफ्र्यू आदेश सर्वसाधारणको सुबिधालाई मध्यनगर गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजे सम्म ४ घण्टा खोलेर फेरी अनिश्चितकालिन कफ्र्यू जारी गरिएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालद्वारा हस्ताक्षरित सुचनामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ( क) बमोजिम कफ्र्यू आदेश जारी गरिएको उक्त आदेशको पालना नगर्नेलाई कानून बमोजिम कडा कारवाही हुने जनाईएको छ ।

तपाईंको प्रतिकृयाहरू