बुधबार, २६ बैशाख २०८१   |   May 8 Wed, 2024

द्वन्द्वलाई उक्साउने सामग्री सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न प्रजिअको आग्रह

  पटक पढिएको

२०८०, ८ फाल्गुन मंगलवार १२:३५ मा प्रकाशित

दिपक गौतम
वीरगञ्ज, फागुन ८ गते
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले द्वन्द्वलाई उक्साउने खालका सामग्री सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशन प्रशारण नगर्न बिज्ञप्ती मार्फत आग्रह गर्नु भएको छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रकाशन प्रशारण नगर्न नगराउन पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले बिज्ञप्ती मार्फत अनुरोध गर्नु भएको हो ।
वीरगञ्जमा देखिएको असमान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिहरुको सुझबुझपूणर् सहयोगका कारण परिस्थिति नियन्त्रण भित्रै रहेको जनाउदै जारी विज्ञप्तिमा सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गरिएको हो ।
सयौं बर्षदेखि सबै जातजाति, धर्म, भाषा, सम्प्रदायबीचको एकता रहेको देशमा परिस्थिति असजम बनाउने कुनैपनि प्रयासप्रति प्रशासनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपाली जनता बीचको सुसम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने प्रतिबद्धता सहित सहयोग गर्न प्रमुख जिल्ला अधिकारी भुसालले सबैलाई आग्रह गर्नुभएको छ ।
नागरिकबीच द्वेष सृजना गर्ने, उद्योगधन्दा, व्यापार-व्यावसाय र नियमित क्रियाकलापमा असर पार्ने एवं शान्ति सुरक्षा, अनमन चयन गर्ने कार्यमा नकारात्मक असर पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दै त्यस्ता क्रियाकलाप गरे गराएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईंको प्रतिकृयाहरू