आइतबार, १६ बैशाख २०८१   |   April 28 Sun, 2024

सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुको सहभागितामा खाना तथा सांस्कृतिक मेला

  पटक पढिएको

२०८०, १४ फाल्गुन सोमबार १७:५१ मा प्रकाशित
पत्रकार सम्मेलनमा बोल्दै वीरगञ्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्रकुमार चौधरी । तस्वीर— दिपक गौतम

दिपक गौतम
वीरगञ्ज, फागुन १४ गते ।
विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न वीरगञ्ज कलेजले आफ३ना विद्यार्थीहरुको सहभागिता रहने गरी दुईदिने खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ ।
वीरगञ्ज कलेजले पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १८ र १९ गते दिउँसो २ बजेदेखि राति १० बजेसम्म घण्टाघरको उत्तरतर्फको खाली स्थानमा खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
कलेजका अध्यक्ष डाक्टर दिपेन्द्रकुमार चौधरीले मेलामा ३२ वटा विभिन्न खानाका परिकारको स्टल रहने र १५ देखि २० हजार दर्शक आउने अनुमान गरिएको पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीहरुमा सिक्दै कमाउदैको अवधारणा विकास गर्न, उद्यमशिलताको अवधारणालाई विकास गर्न र बारा पर्साको लोक सांस्कृतिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्नका लागि मेला आयोजना गर्न लागिएको दाबी गर्दै खाना तथा सांस्कृतिक मेलामा कलेजकै विद्यार्थीहरुको नृत्य, गीतहरुको पनि प्रस्तुती रहने बताउनु भयो ।
वीरगञ्ज कलेजले आयोजनामा गत वर्ष सम्पन्न यस्तै कार्यक्रममा विद्यार्थीहरुले करिब २८ लाख रुपियाँ मुनाफा कमाएको बताउदै यस वर्ष विद्यार्थीहरु थप उत्साहित भएकाले अझै धेरै कारोबार तथा मुनाफा गर्ने अपेक्षा गरिएको कलेजका अध्यक्ष चौधरीले बताउनु भयो ।
वीरगञ्ज कलेजका क्याम्पस प्रमुख विनोद गुप्ताले कलेजले स्टल तयार पारिदिने तथा अन्य सबै व्यस्थापन गरिदिने विद्यार्थीहरुले आफै सामग्री किनेर ल्याई परिकार बनाएर बेच्ने र आएको सबै मुनाफा उनीहरु कै हुने पत्रकार सम्मेलनमा बताउनु भयो ।
खाना तथा सांस्कृतिक मेलाको पर्साका चार स्थानीयतह सहित १२ संस्थाहरु प्रायोजक तथा वीरगञ्ज उद्योग वाणिज्य संघ सहित १६ वटा विभिन्न व्यवसायिक संस्थाहरु सहप्रायोजन रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

तपाईंको प्रतिकृयाहरू