शनिबार, १५ बैशाख २०८१   |   April 27 Sat, 2024

जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजले आयोजन गरेको रक्तदानमा ५३ प्रिन्ट रगतसंकलन

  पटक पढिएको

२०८०, १९ फाल्गुन शनिबार २०:१७ मा प्रकाशित

वीरगञ्ज, फागुन १९ गते ।
जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजको सयुक्त आयोजनामा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज महानगर पालिका वडा नम्बर १५ भिस्वामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा पर्सामा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल , चिकित्सकहरु निरज सिंह , शैलेश ठाकुर , त्यस्तैगरी राजनीतिककर्मीहरु लवकुश बैठा , शिव कुमार साह , विद्यार्थी राजनीतिकर्मी ईश्क कुमार लगायतको सहभागिता समेत रहेको थियो ।
जनजाति तथा दलित सेवा समिति र नेपाल रजक सेवा समाजको आयोजनामा रक्तदान सहित निशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको समाजका बृजकिशोर बैठाले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू