शुक्रबार, ०४ जेठ २०८१   |   May 17 Fri, 2024

अखिल क्रान्तिकारी का पूर्व अध्यक्ष् बने युवा बिधार्थीको अध्य्क्ष

  पटक पढिएको

२०७६, १० भाद्र मंगलवार १६:५३ मा प्रकाशित

भाद्र ९ , बिरगंज  ।
पूर्व नेकपा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी का पुर्ब अध्य्क्ष नेकपा  भित्र कार्यकर्ताले विश्वास गर्ने सल्यानका युवा नेता रमेश मल्लले युवा तथा विद्यार्थीको नेतृत्व गर्ने अवसर पाएका छन । उनलाइ आइतवार बालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकले युवा तथा विद्यार्थी विशेष कमिटीको अध्यक्ष बनाएको हो । जुन कमिटी जिल्ला कमिटी स्तरको हो ।

उनि अखिल क्रान्तिकारी सफलतापुर्बक जिम्मेवारी बहन गरि संगठन लाइ बिधार्थी हरुको माझ मा लोकप्रिय बिधार्थी नेता को रुप मा स्थापित भएका थिए उनि प्रचण्ड निकट का विश्वासिलो युवा नेता पनि हुन् ।


जनयुद्धकालमा पश्चिम नेपालका विद्यार्थी संगठित गर्न लामो भुमिगत जिवन विताएका मल्लले शान्ती प्रक्रियासंगै देशैभरका युवा विद्यार्थीको नेतृत्व गर्ने अनुभव संगालेका छन । संगठन निर्माणमा बढी केन्द्रित रहने उनको भनाइ हो ।

नेता रमेश मल्ल को अनुसार अबको संगठन विवादरहित र गुटरहित संगठन निर्माण गर्ने र नेकपा को आधार र १ नम्बर को जनबर्गीय संगठनको रुपमा निर्माण गर्ने भन्नु हुन्छ ।

खिल क्रान्तिकारीको अध्यक्ष समेत भैसकेका मल्ल सल्यान जिल्लाका युवा नेता हुन जसले सल्यानको विकासका लागि राजधानीबाट महत्वपुर्ण भुमिका निभाउदै अएका छन ।

नेकपा भित्र पार्टीका नेताबाट भएका गलत निर्णयको अालोचना गर्नसक्ने र अफ्नो तर्क राख्नसक्ने चेतना मल्लमा छ । उनले पार्टी एकतामा गलत प्रवृत्ती र सरकारका कामका विषयमा गलत कुराको विरोध गर्दै अाएका छन । मल्ल प्रचण्ड प्रधानमन्त्री हुदा सल्लाहकार समितिमा रहेर काम गर्ने अनुभव पनि संगालेका नेता हुन ।

तपाईंको प्रतिकृयाहरू